बीरगञ्जको नारायणी र बुटबलको कोरोना अस्पतालमा बेड अभाव


ब्युटी न्युज नेपाल
काठमाडौं, १ जेठ

पर्सा, बारा, रुपन्देही र कपिलबस्तुमा एक साता यताबाट कोरोना सँक्रमितको सँख्या ह्वात्तै बढेपछि उनीहरुलाई राख्न अस्पलतालमा बेडको अभाव भएको छ ।

कोरोना सँक्रमितको उपचार हुँदै आएको प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेर मँगलबारबाट बिरामी राख्ने बेड अभाव भएको छ ।

पछिल्लो सँक्रमितलाई बेडको अभाव भएपछि वीरगञ्जको सिद्धार्थ माध्यमिक विद्यालयमा दुई सय बेडको सेमी अइसोलेसन वार्ड निर्माण बुधबारबाटै सुरु गरिएको छ । सो विद्यालयमा दुई सय बेडको सेमी आइसोलेसन वार्ड निर्माण थालिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताएका छन् ।

कार्कीका अनुसार बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो विद्यालयमा सेमी आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख कार्की सहित वीरगंज महानगरका मेयर विजय सरावगी, मेसु डा.मनोज उपाध्याय लागायतले नारायणी अस्पतालले सिद्धार्थ माध्यमिक विद्यालयलाई आईशोलेसनमा रहेका संक्रमितहरुको पनि हेर्ने गरी निर्णय गरेका हुन् ।

यस्तै बुटबलको कोरोना बिशेष अस्पताल पनि कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेपछि बुधबारबाटै भरिएको छ । बुटवलको धागो कारखानालाई कोरोना विशेष अस्थायी अस्पताल बनाईको थियो । यहाँका सँक्रमितलाई अन्यत्रा लानु पर्ने अबस्था आएको छ ।