काठमाडौंकी सँक्रमित महिलाले महेन्द्रनगरबाट ल्याईन कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ बैशाख

मँगलबारमात्र कोरोना सँक्रमित देखिएकी काठमाडौंकी महिलाले सुदुरपश्चिमबाट कोरोना ल्याएको पुष्टि भएका छ । काठमाडौंकी ३३ वर्षीया महिला चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँकी हुन् ।

उनी सवारी पास बनाएर लक डाउनकै बेलामा यही २९ वैशाखमा कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी हुन् । निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी उनलाई सोही दिनबाट क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनमा कोरोना परिक्षणको क्रममा उनको कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

यी महिलालाई मँगलबार नै टेकु अस्पताल लगिएको छ । उनको सम्पर्कमा रहेकाहरुलाई खोजी गर्ने कार्य भईरहेको पनि स्वास्थ्यकर्मीले बताएका छन् ।