पत्रकार र नर्सपछि सुरक्षाकर्मीमा पनि कोरोना सँक्रमण देखियो


पूर्वमन्त्री भिम रावलका सुरक्षाकर्मी शसस्त्र प्रहरी जवानलाई कोरोना

ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ बैशाख

नेपालमा सुरक्षाकर्मीमा पनि कोरोना सँक्रमण देखिएको छ । मँगलबार भक्तपुरमा कोरोना सँक्रमित भेटिएका ब्यक्ति सशस्त्र प्रहरीका जवान हुन् । उनी पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका ब्यक्ति हुन् । मँगलबार कोरोना सँक्रमित देखिएका भक्तपुरका दुबै जनाको पहिचान खुलेको छ । जसमस्य यी ब्यक्ति सुरक्षाकर्मी हुन् ।

हिजै मात्र यसरी अग्रपँक्तिमा खटिएका पत्रकार र स्वास्थ्यकर्मी (नर्स)मा कोरोना सँक्रमण देखिएको बेला सुरक्षाकर्मीमा पनि कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत छन् । कोरोना सँक्रमण देखिएपछि उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । एक महिनाअघिसम्म रावलको सुरक्षामा खटिएका ती सशस्त्र प्रहरी जवान केही दिनअघि मात्रै पास बनाएर तराईको जिल्लाबाट काठमाडौं आएका थिए । ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको बताइएको छ ।

यसैबीच पूर्वमन्त्री रावलले ती सुरक्षाकर्मी श्रीमती विरामी भएको भन्दै एक महिना देखि बिदामा बसेको बताएका छन् । सँसद सचिवालय मार्फत आफ्नो कोरोना भाईरस परीक्षण एक साता अघि भएको र परिणाप नेगेटिभ आएको पनि उनले बताएका छन् ।

यस्तै भक्तपुरमा कोरोना संक्रमण देखिएकी अर्की २५ वर्षीया महिला भने चार दिन अघिबाट तराईबाट आएकी हुन् । सरकारी पास लिएर उनी सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का घुम्न गएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख हुमाकला पाण्डेले बताएकी छिन् ।

यी महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएकी थिईन् । ती महिलाको घरलाई सिज गरेर अहिले अरुको पनि स्वाब नमूना सँकलन सुरु गरिएको छ । सरकारी पास बोकेर रबाफका साथ घुम्दा उनले कोरोना भाईरस काठमाडौं भित्राएकी छिन् । उनलाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ ।

आरोग्य फाउन्डेसनसँग सम्बन्धित थिईन भक्तपुरकी सँक्रमित महिला

भक्तपुरकी यी महिला आरोग्य फाउन्डेसन जाउलाखेलसँग सम्बन्धित छिन् । यस अघि ती महिलाले सो फाउन्डेनससँगै रहेको निदान अस्पतालको क्यान्टिनमा बसेर साथीसँग चमेना खाएकी थिईन् । अस्पताल र फाउन्डेसन एउटै कम्पाउन्डमा छ । सोही कारण आज मध्यान्नबाट सो अस्पताल र फाउन्डेसनको प्रवेशद्धार लक गरेर त्यहाँ रहेका कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको स्वाब परिक्षण सुरु गरिएको छ ।

पछिल्लोपटक काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना कोरोना संक्रमित लकडाउनबीच नै काठमाडौं उपत्यका प्रवेश गरेको खुलासा भएको छ । उनीहरु पास बनाएर उपत्यका आउन सफल भएको पाइएको छ ।