काठमाडौं उपत्यका फेरी उच्च जोखिममा

ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

आज साँझ फेरी थप २६ जनालाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका  अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप २६ मा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

आज यो सहित एकै दिनमा कोरोना सँक्रमित सँख्या ८३ जना पुगेको छ । योसँगै नेपालमा हालसम्म २१७ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज साँझ पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज दिउँसो मात्र ५७ जनामा संक्रमण सँक्रमण देखिएको थियो । बेलुका फेरी सँक्रमित २६ जना थपिएपछि एकै दिनमा ८३  जना सँक्रमित भएका हुन् ।

यस्तै यस अघि महोत्तरी र भक्तपुरमा कोरोना सँक्रमित भेटिएको थिएन । आज यी दुई जिल्लामा पनि कोरोना सँक्रमित थपिएका छन् । काठमाडौंमा केही दिनदेखि कोरोना सँक्रमित देखिएको थिएन । आज काठमाडौं र भक्तपुरमा पनि सँक्रमित देखिएपछि काठमाडौं उपत्यका फेरी उच्च जोखिममा परेको छ ।