एकै दिन ३९ थपिँदा त्रासमा बीरगञ्ज

ब्युटी न्युज नेपाल
बीरगञ्ज ३० बैशाख

आज मध्यान्न मात्र ५७ जनामा कोरोना सँक्रमित हुँद नेपालमा कोरोना सँक्रमितको सँख्या १९१ जना पुगेको छ । आज एकै दिन ५७ जनामा कोरोना भाईरस पोजेटिभमध्य सबैभन्दा बढी पर्सामा मात्र ३९ जना सँक्रमित रहेका छन् । नेपालमा एकै दिन यतीधेरै कोरोना सँक्रमण देखिएको आज पहिलो चोटी हो । आज थपिएका संक्रमितमध्य पर्सासँगै जोडिएको जिल्ला बाराका १ जना रहेका छन् । बाँकी सँक्रमितमध्य रुपन्देहीका ९ र कपिलवस्तुका ८ रहेका छन् ।

बीगरगञ्जका पत्रकारमा पनि कोरोना
बीरगञ्जमा आज दुई जना पत्रकारमा कोरोनो सँक्रमण पुष्टी भएको छ । आज बीरगञ्जमा सँक्रमित भेटिएका ३९ जना मध्ये दुई जना पत्रकार रहेका छन् । नारायणी अस्पतालका मेसु डाक्टर मदनकुमार उपाध्यायका अनुसार सँक्रमित अरु पनि पत्रकार हुनसक्ने अनुमान गरिएको छ । बीरगञ्जका संक्रमितहरुसँग राहत वितरण देखि अन्य कार्यक्रममा समाचार सँकलनको क्रममा पत्रकारको सम्पर्क भइरहेको हुँदा कति जना पत्रकार संक्रमित छन् भन्ने केही बेरमा थाहा हुने पनि उपाध्यायले बताए । त्यसैले अहिलेसम्म दुई जना पत्रकारको पुष्टी भएको र अरु दुई जनाको शँका गरिएको पनि उनको कथन छ । उपाध्यायका अनुसार पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए । मङ्गलबार उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ । फिल्डमा खटिने पत्रकारहरुले सावधानी अपनाएर रिपोर्टिङ गर्न पनि उनले आग्रह गरेका छन् ।

नारायणी अस्पतालको आईसोलेसनमा ६९ सँक्रमित
आजको रिपोर्ट अनुसार नेपालमा सबैभन्दा बढी कोरोना सँक्रमित पर्सामा देखिएको छ । नारायणी क्षेत्रीय अस्पतालमा यतीबेला २९ जना उपचारमा छन् । ती मध्य २ जना ठिक भएर फेरी कोरोना सँक्रमण दोहोरीका हुन । बाँकी बाँकी २४ बैशाखपछि सँक्रमित भएका २७ जना हुन् । जसमध्य १८ जना त एकै परिवारका रहेका छन् । आज थपिएका ३९ जनालाई पनि नारायणी क्षेत्रीय अस्पतालको आईसोलेसनमा लगिएको छ । उनीहरु थपिनासाथ सो अस्पतालमा कोरोना सँक्रमितको सँख्या ६९ उनीहरु पनि धेरै जसो छपकैया क्षेत्रका हुन् । यसरी नारायणी क्षेत्री अस्पतालमामात्र आजका पर्सा र बाराका ४० तथा पुराना २९ सहित ६९ जना कोरोना सँक्रमितको उपचार भईरहेको छ । बाराको बिश्रामपुर गाउँपालिकाका संक्रमित १४ बर्षीय किशोर हुन् । छपकैयाका संक्रमितको कट्याक ट्रेसिङका क्रममा उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।आज बीरगञ्जमा सँक्रमित भेटिएका ३९ जना पर्साका मध्ये छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा आइपुगेका थिए ।

कोरोनाको इपिसेन्टर बन्दै बीरगञ्जको छप्कैया
बीरगञ्जमा सबैभन्दा बढी कोरोना सँक्रमण देखिएको बीरगञ्ज महानगरपालिका वडा नं. १, २ र ३ छपकैया क्षेत्र हो । छप्कैया क्षेत्र त अहिले कारोना सँक्रमितको इपिसेन्टर बन्न पुगेको छ । आज पर्सामा थपिएका संक्रमितमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका छन् । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । उनीहरु  १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् । सुरुमा गत ३० चैतमा ३ जना भारतीय जमाती अर्थात मुस्लिम धर्मा प्रचारकलाई यही क्षेत्रको मस्जिदमा कोरोना सँक्रमण देखिएको थियो । उनीहरु केही दिन अघि दिल्लीबाट आएका थिए । उनीहरु नै बीरगञ्जमा कोरोना फैलाउने पहिलो श्रोतव्यक्ती हुन् । उनीहरुसँग मस्जिदमा सम्पर्कमा आएका अरुमा बिस्तारै कोरोना सँक्रमण फैलिएको हो । यी जमातीहरु अहिले कोरोना सँक्रमण ठिक भएर घर फर्किसकेका छन् । तर अरुमा कोरोना सँक्रमण सरेको छ । दिल्लीबाटै आएका बीरगञ्जका अर्का एक जमाती मार्फत बीरगञ्ज महानगरपालिकाका सरसफाई कर्मचारीमा कोरोना सरेको बताईएको छ । सोही क्रममा एक जना रौतहट बासिन्दालाई पनि कोरोना देखियो । गत १४ बैशाखका सरफाई कर्माचारीमा, त्यसपछि १६ बैशाखमा छप्कैयाकै २ जनामा र १७ गते बाराका एक जनामा कोरोना सँक्रमण देखिएको हो । उनीहरुमा कोरोना फैलाउने श्रोत पनि जमाती नै मानिएको छ ।

 

बीरगञ्जको कोरोना अबस्थाबारे भिडियो रिपोर्ट

 

किराना पसलेबाट सर्यो परिवार र स्थानीयलाई
२४ बैशाख छप्कैयाका एक व्यक्ति र उनका १७ जना परिवारमा कोरोना सँक्रमण देखियो । यसरी सो दिन कोरोना सँक्रमण देखिएका एक जना व्यक्ति किराना पसल सञ्चालक थिए । यसपछि २४ बैशाखबाट बिरगञ्जमा ह्वात्तै कोरोना सँक्रमण बढेको हो । यसरी कोरोना सँक्रमण देखिएका किराना पसलेले सो क्षेत्रमा सक्रिय भएर बैशाख २१ गते राहत वितरण गरेका थिए । छप्कैया क्षेत्र लगायत विभिन्न स्थानका व्यक्तिहरुले उनको हातबाट राहत लिएका थिए । यस अघि सँक्रमित भएका जमातीको सम्पर्कमा यी व्यक्ति थिए । सफाई कर्मचारी र ती किराना व्यापारी र किराना व्यापारीका परिवासँगसँग सम्पर्कमा आएका मध्य करिब ७३७ जनाको स्वाब सँकलन गरेर सोमबार रातीबाटै परिक्षण सुरु गरिएको थियो । जसमध्यबाट आजै ३९ जनामा कोरोना सँक्रमण देखिएको हो । अझै ३८० जनाको रिपोर्ट आउन बाँकी रहेकाले अब कती जनामा कोरोना सँक्रमण देखिन्छ भन्ने अनुमान अहिले नै गर्न गाह्रो छ । यसरी किराना पसल खुला रुपमा सञ्चालन गरेका र राहत वितरण गर्न गएका एक व्यक्तिको लापरवाहीले उनका परिवार र उनीसँग सम्पर्कमा आएकाहरुमा धमाधम कोरोना सँक्रमण देखिएको हो ।

बीगरगञ्जको ७ वटा वडामा कोरोना सँक्रमण
यतीमात्र हैन, बीरगञ्जको वडा नं. १, २ र ३ छपकैयाबाट फैलिएर कोरोना सँक्रमण अहिले बीरगञ्जका अन्य वडामा पनि देखिएको छ । बीरगञ्जकै वडा नं. १६, २२, २७ र २८ मा पनि कोरोना सँक्रमित देखिएका छन् । यसरी बीरगञ्जमा अहिलेसम्म ७ वटा वडामा कोरोना सँक्रमण फैलिएको छ । यसरी आज दिउँसो मात्रै ३९ जनामा कोरोना सँक्रमण देखिएपछि बीरगञ्ज क्षेत्र निकै त्रसित बनेको छ । मुलुकको आर्थिक राजधानीको रुपमा परिचित बीगरगञ्जमा लकडाउन पनि अन्यत्रको तुलनामा खुकुलो छ । भारतबाट रक्सौल हुँदै राती नेपालीहरु लुकेर बीरगञ्ज लगायत अन्य क्षेत्रमा आउने क्रम जारी छ । सोही कारण कोरोना सँक्रमित क्षेत्रमा आजबाट अझ कडाई गरेर सँक्रमितहरुसँग सम्पर्कमा आएका अरुलाई पनि पहिचान सुरु गरिएको छ ।