बीरगञ्जका २ पत्रकार र कपिलबस्तुकी एक नर्सलाई कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

आजमात्र रिपोर्ट आएकोा कोरोना सँक्रमित ५७ जनामा पत्रकार र स्वास्थ्यकर्मी पनि सँक्रमित देखिएको छन् । आज बीरगञ्जमा सँक्रमित भेटिएका ३९ जना मध्ये दुई जना पत्रकार रहेका छन् । नारायणी अस्पतालका मेसु डाक्टर मदनकुमार उपाध्यायका अनुसार सँक्रमित अरु पनि पत्रकार हुनसक्ने अनुमान गरिएको छ । बीरगञ्जका संक्रमितहरुसँग राहत वितरण देखि अन्य कार्यक्रममा समाचार सँकलनको क्रममा पत्रकारको सम्पर्क भइरहेको हुँदा कति जना पत्रकार संक्रमित छन् भन्ने केही बेरमा थाहा हुने पनि उपाध्यायले बताए ।

त्यसैले अहिलेसम्म दुई जना पत्रकारको पुष्टी भएको र अरु दुई जनाको शँका गरिएको पनि उनको कथन छ । उपाध्यायका अनुसार पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए । मङ्गलबार उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ । फिल्डमा खटिने पत्रकारहरुले सावधानी अपनाएर रिपोर्टिङ गर्न पनि उनले आग्रह गरेका छन् ।

यता कपिलबस्तुको तैलिहवा अस्पतालमा कार्यरत एक जना २५ बर्षीया स्वास्थ्यकर्मी(नर्स)मा पनि कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलनपछि परिक्षण गरिएकोमा उनको कोरोना भाईरस पोजेटिभ देखिएको हो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ आएको पनि सो अस्पतालले जनाएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण चिकित्सकहरु सँक्रमितको परिवार र स्थानीयस्तरमै फैलिएको छ ।

कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो । ती महिला स्वास्थ्यकर्मी क्वारेन्टाईनमा नबसेकाले उनको परिवारलाई पनि कोरोना परिक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने त्यमध्ये ३३ जना निको भएका छन् ।