नेपालमा आज ५७ जनालाई कोरोना, सँक्रमित १९१ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

नेपालमा कोरोना सँक्रमण तिब्र रुपमा बढेको छ । आज मात्र ५७ जनामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

हिजोसम्म नेपालमा कोरोना सँक्रमितको सँख्या १३४ थियो । आज फेरी ५७ जनालाई कोरोना सँक्रमण पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १९१ पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।