ब्युटी न्युज नेपाल
काठमाडौं, १९ फागुन

रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनको आयोजनामा हुने तेश्रो संस्करणको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० को प्रशिक्षण सुरु भएको छ । काठमाडौंको रविभवन स्थित रोज सिप विकाश तालिम केन्द्रमा ११ फागुनबाट प्रतियोगीहरुको प्रशिक्षण सुरु भएको हो । कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धरले उनीहरुलाई विभिन्न प्रशिक्षण दिईरहेकी छन् । यो प्रतियोगिताको लागि फाईलनमा २६ प्रतियोगी छन् । उनीहरुलाई ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९की बिजेता सरु जोशीले ग्रुमिङ गरिरहेकी छिन् ।

रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि तीन वर्षदेखि आफुहरुले ब्युटिसियन ट्यालेन्ट नेपाल प्रतियोगिता आयोजना गर्दै आएको बताएकी छिन् ।

यस पटको प्रतियोगीहरुमा मिसन श्रेष्ठ, निलम तामाङ, मञ्जला डँगोल, मेनुका बलामी, रञ्जना सिंह, ट्रिना तुलाधर, लिना डंगोल, दुर्गा श्रेष्ठ, निलम महर्जन, दिब्य सैंजु, मिना लामा, सरस्वती रोकाय, प्रमिशा श्रेष्ठ, समिसा गुरुङ, लक्ष्मी महर्जन, सविना श्रेष्ठ, अस्मिता जिम्बा, सिमा घले, शर्मिला मोक्तान, शान्ति डँगोल, बन्दना मगराती, शर्मिला राई, मन्दिरा शाही, सविना भुजेल, बिमला राई र खुसी गुप्ता रहेका छन् । तीन वर्षदेखि यो प्रतियोगिता हुँदै आएको छ ।

 

उनीहरुलाई प्रशिक्षणको क्रममा बिज्ञबाट ब्युटिसियन सम्बन्धि सेल्फ मेकअप, ब्राईडल मेकअप, इफेक्ट मेकअप, वाटर मार्वल नेल आर्ट, रसियन हेयर स्टाईल, हेयर केमिकल, आईल्यासिस एक्टेन्सन, पर्सनालिटी डेभलपमेन्ट, मिडिया प्रिजेन्टेसन, ग्रुमिङजस्ता विभिन्न प्रशिक्षण दिईने क्रम जारी छ । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ को बिजेता घोषणा आगामी ७ चैतमा एक भव्य समारोहबीच हुने भएको छ ।

बिजेताहरुलाई विभिन्न उपहार र अवार्ड र नेपालका विभिन्न शहरको भ्रमण कार्यक्रम राखिएको छ । यो प्रतियोगिताको पहिलो सिजनको बिजेता सरिता भारती र दोश्रो सिजनको बिजेता सरु जोशी हुन् ।