ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ३ मा २९ प्रतियोगी


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ फागुन

तेश्रो संस्करणको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० को पहिलो अडिसन सोमबार सम्पन्न भएको छ । काठमाडौंको रविभनव स्थित रोज सिप विकाश तालिम केन्द्रमा सम्पन्न पहिलो अडिसनमा २९ जना ब्युटिसियनहरुले सहभागिता जनाएका छन् ।

रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा आयोजित यो प्रतियोगिताको आयोजक एबम् बरिष्ट ब्युटिसियन सोनी कारंजितको सभापतित्वमा पहिलो अडिसन सम्पन्न भएको हो ।

पहिलो अडिसनमा शर्मिला मोक्तान, मिना लामा, सबिना श्रेष्ठ, मिसन श्रेष्ठ, निलम तामाङ, दुर्गा श्रेष्ठ, दीब्या सैंजु, बन्दना मगराती, न्यान्सी चाम्लिङ, शर्मिला राई, मन्दिरा शाही, सीमा घलेको सहभागिता थियो । यस्तै सरस्वती रोकाय, सविना भुजेल, अस्मिता जिम्बा, मञ्जला डँगोल, मेनुका बलामी, प्रिती राई, रञ्जना सिंह, शान्ति डँगोल, ट्रिना तुलाधर, लिना डँगोल, लक्ष्मी महर्जन, प्रमिशा श्रेष्ठ, शोभा बस्नेत, सँगीता गुरुङ, यमुना डाँगी, अस्मिता बस्नेत र सँगीता सुवेदी अधिकारीको पनि अडिसनमा सहभागिता थियो ।

कस्मेटिक प्रोडक्ट कम्पनी जाबिराका कन्ट्री म्यानेजर कुमार ढुँगानाको आतिथ्यमा सम्पन्न ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ को अडिसनको निर्णायकहरुमा ब्युटिसियन मेनुका सिबाकोटी, पूजा श्रेष्ठ, रिना अबाले, हेयर स्टाईलिस्ट रायन मँगोलियन, फेशन डिजाईनर काजल शर्मा, इनिता श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द, मिसेस क्वीनकी रनरअप निकिता पाण्डे, कोरियोग्राफर रोमी खड्गी र ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९की बिजेता सरु जोशी थिए ।

रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि तीन वर्षदेखि आफुहरुले ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गर्दै आएको बताईन् । प्रतियोगीहरुलाई एक महिनाको अबधिमा धेरै प्रकारका प्रशिक्षण दिने र कार्यसम सकिएपछि पनि उनीहरुलाई ब्युटिसियन सम्बन्धि विभिन्न प्रशिक्षण प्रदान गरिने पनि बरिष्ट ब्युटिसियन सोनी कारंजितले बताईन् ।

ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ को बिजेता घोषणा आगामी ७ चैतमा हुने भएको छ । जयन सुब्बा मानन्धरको कोरियोग्राफी र रोमी खड्कीको कोरियोग्राफी सहयोगमा सम्पन्न हुने यस प्रतियोगिताको प्रतियोगीहरुको १० फागुनबाट प्रशिक्षण सुरु हुनेछ । त्यस अघि ९ फागुनमा पुन अर्को आन्तरिक अडिसनबाट केही प्रतियोगी चयन गरिने भएको छ ।

प्रशिक्षणको क्रममा बिज्ञबाट प्रतियोगीहरुले ब्युटिसियन सम्बन्धि सेल्फ मेकअप, ब्राईडल मेकअप, इफेक्ट मेकअप, वाटर मार्वल नेल आर्ट, रसियन हेयर स्टाईल, हेयर केमिकल, आईल्यासिस एक्टेन्सन, पर्सनालिटी डभलपमेन्ट, मिडिया प्रिजेन्टेसन, ग्रुमिङ जस्ता विभिन्न प्रशिक्षण दिईने भएको छ । बिजेताहरुलाई विभिन्न उपहार र अवार्डको पनि ब्यबस्था गरिएको छ ।