रोजमा लायन्स क्लब काठमाडौं आधारद्धारा २५ महिलालाई ब्युटिसियन प्रशिक्षण


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ माघ

‘राईज टु इम्पावर’ नारासहित लायन्स क्लब काठमाडौं आधारले २५ जना महिलाहरुलाई व्युटिसियन सम्बन्धि आधारभूत तालिम सुरु गरेको छ ।

रोज ब्युटी पार्लर एन्ड ट्रनिङ सेन्टरकी अध्यक्ष एवम् लायन बरिष्ट ब्युटिसियन सोनी कारंजितले सो प्रशिक्षण सुरु गरेकी हुन् । काठमाडौंको रविभवन स्थित रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ५ माघबाट २५ जना महिलाहरुले एम महिने ब्युटिसियन ट्रेनिङ सुरु गरेका छन् ।

लायन्सको गभर्नर इन्दु लम्सालले ब्युटिसियन सम्बन्धि निशुल्क सो प्रशिक्षणको आईतबार रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा उद्घाटन गरिन् । रोज सिप विकाश तालिम केन्द्रको सहकार्यमा निम्न आयस्तर भएका महिलाहरुलाई लायन्स क्लब काठमाडौं आधारबाट यो प्रशिक्षण सुरु गरिएको गभर्नर लम्सालले बताईन् । यो प्रशिक्षणले महिलाहरुमा व्युटिसम्बन्धि ज्ञान हुने र उनीहरु यो पेशामा लाग्ने विश्वास उनले व्यक्त गरिन् ।

यस्तै लायन्स क्लब काठमाडौं आधारकी अध्यक्ष रेश्मा श्रेष्ठले प्रशिक्षणमा सहभागी २५ महिलाहरुलाई सफलताको शुभकामना दिँदै लायन्सले रोजगारीका लागि यस्ता थुप्रै प्रशिक्षण दिएर महिलाहरुलाई आत्म निर्भर बनाउँदै आएको बताईन् ।

रोज ब्युटी पार्लर एन्ड ट्रनिङ सेन्टरकी अध्यक्ष एवम् लायन बरिष्ट ब्युटिसियन सोनी कारंजितले यो प्रशिक्षणको अबधिमा आफुहरुले सम्बन्धित महिलाहरुलाई धेरै भन्दा धेरै प्रशिक्षण दिएर सिप सिकाई यो क्षेत्रमा ल्याउन सहयोग गर्ने बताईन् । यो प्रशिक्षण रोजमा आईतबारबाटै एक महिनाको लागि सुरु भएको हो ।