बरिष्ट व्युटिसियन सोनी कारंजितद्वारा एलिनाज पार्लर उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ माघ

आधा दशकदेखि व्युटिसियन पेशामा सम्लग्न सौन्दर्यकर्मी एलिना श्रेष्ठले काठमाडौंको तार्केश्वर नगरपालिका जरंखुमा नयाँ पार्लर सञ्चालन गरेकी छिन् । उनले त्यहाँ एलिनाज ब्युटीपार्लरको सुरुवात गरेकी हुन् ।रोज ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले शनिबार एक समारोहबीच सो पार्लरको रिवन काटेर उद्घाटन गरिन् ।

कार्यक्रमकी प्रमुख अतिथि बरिष्ट ब्युटिसियन सोनीले ब्युटिसियन एलिना श्रेष्ठलाई नयाँ पार्लरको लागि सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना बिधार्थीले शिप सिकेर यसरी आफ्नो पार्लर खोल्दै आत्मनिर्भर हुँदा खुसी लाग्ने गरेको बताईन् । उनले एलिनाज ब्युटीपार्लरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास आफुले लिएको भनाई सो कार्यक्रममा राखिन् ।

कार्यक्रममा एलिना श्रेष्ठले सबैलाई स्वागत गदै एलिनाज ब्युटीपार्लर जरंखु क्षेत्रमा स्थापना गरिएको र यो अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर भएको बताईन् । आफु आधा दशकदेखि देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको अनुभबको आधारमा पार्लर सञ्चालनमा ल्याएको उनको कथन थियो ।

सौन्दर्य क्षेत्रमा सेवा गरौं भन्ने उदेश्यका साथ संचालन गरिएको एलिनाज ब्युटीपार्लरमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा प्रदान गरिने पनि एलिनाले बताईन् । आफ्नो पार्लरमा सौन्दर्य सेवासँगै महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्री वितरण हुने पनि एलिनाले जानकारी गराईन् ।

‘मलाई केही गर्नु पर्छ भन्ने प्रेरणा मेरी आमा इन्दिरा श्रेष्ठले दिनु भयो । त्यसपछि सौन्दर्य क्षेत्रमा लागेर यहाँसम्म आउनको लागि प्रेरण र प्रशिक्षण गुरुआमा सोनी कारंजितले प्रेरणा दिनु भएको हो ।’ उद्घाटन समारोहमा एलिनाले भनिन् ।