८ हजार ब्युटिसियनकी गुरुआमा सोनी कारंजित


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

पछिल्लो समय सौन्दर्य (ब्युटिसियन) क्षेत्रमा नारीहरुको आकर्षक निकै बढेको छ । धेरै नारीहरुलाई यो पेशामा ल्याउन बरिष्ट सौन्दर्यकर्मी सोनी कारंजितको पनि ठुलो योगदान छ ।

बिगत दुई दशक देखि सौन्दर्य क्षेत्रमा क्रियासिल सोनी कारंजितले यो दुई दशकमा आफुले ८ हजार महिलाहरुलाई व्युटिसियन सम्बन्धि प्रशिक्षण दिएको बताएकी छिन् । शुक्रबार बेलुका काठमाडौंमा आफ्नो जन्मदिन मनाउने क्रममा उनले अहिलेसम्म ८ हजार नारीहरुलाई ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएर यो क्षेत्रमा ल्याएको बताईन् ।

काठमाडौंको रविभवनमा रहेको रोज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् रोज सिप विकाश केन्द्रकी अध्यक्ष सोनी कारंजितले आफ्ना विधार्थीहरुबीच केक काटेर जन्मदिन मनाउँदै भनिन्,‘हिजो रातीबाटै मलाई हजारौं मेरा स्टुडेन्टहरुको शुभकामना आएकोमा म साह्रै खुसी छु । जीवनमा मैले विधार्थीको रुपमा ८ हजार नारीहरुलाई ब्युटिसियन प्रशिक्षण दिई यो क्षेत्रमा ल्याएर उनीहरुको मायाँ र साथ कमाएकी छु, मेरो लागि उनीहरुको माया र साथ नै ठुलो सम्पत्ति हो ।’ उनले अगाडि थपिन्,‘महिलाहरु पनि घरबाट बाहिर आएर आत्म निर्भर हुँदै परिवारलाई आर्थिक रुपमा सघाउनु पर्छ भन्ने मेरो मान्यता हो । यो २० वर्षमा मैले ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएका हजारौं महिलाहरु देश बिदेशमा रहेर यो पेशामा सक्रिय भएको देख्दा मलाई साह्रै खुसी लागेको छ ।’ अझ जन्मदिनमा हजारौं स्टुडेन्टहरुको शुभेच्छाले आफुलाई अझबढी हौसला मिलेको उनले बताईन् ।

सो कार्यक्रममा बरिष्ट ब्युटिसियन सोनी कारंजितलाई बरिष्ट ब्युटिसियन सुमित्रा रंजित, कालाकोलाका प्रबन्ध निर्देशक चेतन गोयल, नेचर इसेन्स, कलर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेती, हास्य अभिनेत्री पल्पसा डँगोल, ब्युटिसियन रिना अवाले, काजल क्रियसनकी फेशन डिजाईनर काजल शर्मा, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी निर्देशक परिसी कारंजित, कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायिका बिष्णुमायाँ पौडेल, ब्युटिसियन गीत राई, पुजा श्रेष्ठ, ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की बिजेता एवम् गायिका सरिता भारती, ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ की बिजेता सरु जोशीलगायत विभिन्न व्यक्तिहरुले जन्मदिनको शुभकामना दिएका थिए । ब्युटी न्युज नेपालकी सल्लाहकार एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितको जन्मदिनको अबसरमा व्युटी न्युज नेपाल परिवार उनको उत्तरोत्तर प्रगतीसँगै अझ सफलताको कामना गर्दछ ।

तस्बिर : लक्ष्मण महर्जन