नेपाल कस्मेटिक व्यबसायी संघको अध्यक्षमा लक्ष्मी प्रसाद , नयाँ कार्यसमिति चयन

ब्युटी न्युज नेपाल
काठमाडौं, २६ पुष

शनिकार काठमाडौंमा सम्पन्न नेपाल कस्मेटिक व्यबसायी संघको तेश्रो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

सर्वसम्मबाट लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लक्ष्मी प्रसाद पौडेल नेपाल कस्मेटिक व्यबसायी संघको संस्थापक अध्यक्ष हुन् । यसपटक पनि उनलाई नै अधिवेशनले संघको अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ ।

यस्तै संघको प्रथम उपाध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सिता पराजुली चयन भएका छन् ।
संघको सचिवमा केशव ज्ञवाली, सहसचिबमा टेकबहादुर काफ्ले र कोषाध्यक्षमा ऋषिकेश तिमिल्सिनालाई चयन गरिएको छ ।

यस्तै संघको केन्द्रिय सदस्यमा दिनेश श्रेष्ठ, श्याम प्रसाद अधिकारी, सुभास गोयल, मुकेश अग्रवाल, सुमन गौतम, नन्दिकिशोर रिजाल र रमेश श्रेष्ठ सर्वसम्मतबाट चयन भएका हुन् ।

आगामी २ वर्षको लागि नयाँ कार्यसमित सर्वसम्मतबाट चयन भएको संघका अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले जानकारी गराए ।
मुलुकभर करिब १५ हजार कस्मेटिक व्यबसायी रहेको र उनीहरुको हक हितका लागि कस्मेटिक व्यबसायी संघ ६ वर्ष अघि स्थापना भएको पनि अध्यक्ष पौडेलले जानकारी गराए ।

‘अब संघलाई चाँडै मुलुकभर महासंघका अवधारणामा हामी अघि बढाउँदैछौ. । यो संघका सदस्यहरु संघको पहलमा प्यान तथा भ्याटमा दर्ता भएका छन भने संघका सदस्यका हक हितमा मैले आयो कार्यकाल भरी पनि काम गर्नेछु ।’ मुलुकभर रहेका कस्मेटिक व्यबसायीसँघै व्युटिपार्लर एन्ड कस्मेटिक सप सञ्चालकहरु व्यबसायी पनि यो संघमा आबद्ध रहेको उनले जानकारी गराए ।

सांसद जीवनराम श्रेष्ठद्धारा उद्घाटन गरिएको नेपाल कस्मेटिक ब्यावसायी संघले अघिल्लो कार्यकालमा संघलाई सघाउने विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । आगामी दिनमा ग्राहकको स्वास्थ्यमा ध्यान दिएर नेपालमा गुणस्तरीय कस्मेटिकको विक्री गर्ने निस्कर्षमा कस्मेटिक व्यबसायीहरु पुगेका छन् ।

 

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More