रोज ब्युटी पार्लरमा मिसेस टुरिजम एम्बेस्डर वल्र्ड शिलास्मालाई बधाई


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ पुष

मलेशियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को ताज जितेकी नेपाली चेली शिलास्मा हमाल मल्ललाई काठमाडौंमा स्वागत गरिएको छ ।

काठमाडौंको रविभवन स्थित रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा बरिष्ट ब्युटिसियन तथा रोज ब्युटी पार्लरकी अध्यक्ष सोनी कारंजितले नेवारी परम्परा अनुसार सगुन खुवाएर शिलास्मालाई स्वागत सहित बधाई ज्ञापन गरिन् ।

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी निर्देशक परिसी कारँजित, काजल क्रियसनकी अध्यक्ष एवम् फेशन डिजाईनर काजल शर्मा, सहित व्युटी न्युज नेपालका तर्फबाट शिलास्मालाई स्वागत सहित बधाई ज्ञापन गरिएको हो ।

२१ देशका महिलाहरु बीच भएको सो प्रतियोगितामा सहभागी भएर ती प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकीको भन्दै उनलाई कार्यक्रममा सबैले बधाई ज्ञापन गरे ।

बरिष्ट ब्युटिसियन तथा रोज ब्युटी पार्लरकी अध्यक्ष सोनी कारंजितले शिलास्माको त्यो सफलता भनेको समग्र नेपाली महिलाहरुको सफलता हो भनिन् । जीवनमा अझ धेरै प्रगती गर्न शिलास्मालाई शुभकामना दिँदै अध्यक्ष कारंजितले शिलास्माको सफलतालाई आफुहरुको सफलताको रुपमा रोज परिवारले लिएको बताईन् ।

आफुले आमा जस्तो मानेको दिज्यु एवम् बरिष्ट व्युटिसियन सोनी कारंजित सहित सबैको प्रेरणाले आफुले मलेशिया पुगेर यो उपाधि जितेको शिलास्माले कार्यक्रममा बताईन् । सो क्रममा केट काटेर शिलास्माको सफलताको खुसियाली मनाईएको थियो ।

गायिका सरिता भारतीलाई पनि बधाई

सोही कार्यक्रममा बरिष्ट ब्युटिसियन तथा रोज ब्युटी पार्लरकी अध्यक्ष सोनी कारंजितले गायिका, मोडल एवम् सञ्चारकर्मी सरिता भारतीलाई पनि बधाई ज्ञापन गर्दै सगुन खुवाईन् । रोज ब्युटी पार्लरबाट व्युटिसियन कोर्षमा डिप्लोमा गरेकी सरिता रोजकी अध्यक्ष सोनी कारंजितको विधार्थी हुन् ।

तीन महिना अघि मेरो जवानी…गीत र यो साता लुडो र तास…सहित दुई गीत आफ्नो स्वरमा निकालेकी सरिता गायनमा पनि सफल हुँदै गएको भन्दै अध्यक्ष सोनी कारंजितले उनलाई बधाई ज्ञापन गरेकी हुन् । सरिताको गायनमा उज्ज्वल भविष्य आफुहरुले देखेको भन्दै अध्यक्ष सोनी कारंजितले बताईन् । सरितालाई सो क्रममा फेसन डिजाईनर काजल शर्मासहित सबै व्युटिसियनहरुले त्यहाँ बधाई ज्ञापन गरे ।