बिराजको साङलोको ट्रेलर ट्रेन्डिङमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ पुष

अभिनेता बिराज भट्ट अभिनयमा चलचित्र ‘साङलो’को ट्रेलर युट्युब नेपाल ट्रेन्डिङमा उत्कृष्ट २० मा परको छ । यो ट्रेलर शुक्रबार बाठमाडौंमा एक समारोहबीच रिलिज गरिएका हो । यो चलचित्रको ट्रेलरले दर्शकको सकरात्मक प्रतिक्रिया पाएको छ । यसमा दुई तिहाई दृष्य एक्सनको समेटिएको छ । फिल्म एक्नस प्रधान बनेको छ ।

आगामी २४ माघमा रिलिज हुने यो चलचित्रमा बिराज भट्टको नायिकाको रुपमा पूर्व मिस नेपाल निकिता चन्डक छिन् । यो चलचित्रको ट्रेलर रोमाञ्चक बनेको छ । जसमा कमेडी, रोमान्स, प्रेम र एक्सनयुक्त दृष्यहरु छ । चेलीबेटी अपहरण र तस्करीको कथामा फिल्म केन्द्रित भएको ट्रेलरले दर्शाउँछ ।

विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको मुख्य भूमिका छ ।

एक दशक यताबाट भोजपुरी फिल्ममा नायकको रुपमा व्यस्त रहेका बिराज भट्टले आफ्नै निर्माण निर्देशन गरेका हुन् । उनी साङ्लोबाट निर्देशनमा आएका हुन् । अब निर्देशनलाई पनि सँगै अघि बढाउने उनले बताएका छन् । अभिनेता बिराजले अब नेपाली चलचित्र भोजपुरी चलचित्र दुबैतिर समय दिने बताएका छन् ।

चलचित्र साङ्लोमा शिवम अधिकारीको लेखन छ । सिनेमामा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रलाई काठमाडौंमा गोपाल कायस्था र मोफसलमा एफडीले वितरण गर्दैछ ।