लप्पन छप्पन २ बाट आना ढकाल डेब्यु 


ब्युटी न्युज नेपाल
काठमाडौं,१७ पुष

नेपाली चलचित्र ‘लप्पन छप्पन २’ को छायाँकन सकिएको छ । यो फिल्मको अहिले पोष्ट प्रोडक्सन हुँदैछ । बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले लप्पन छप्पन २ बाट डेब्यु गर्दै छिन् । अष्ट्रेलियामा हुने विभिन्न कार्यक्रमको उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् ।

अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छन् । चितवनमा जन्मिएर हुर्किएकी ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । नेपाली चलचित्रमा खेल्ने उनको सानै देखिको रुचि थियो र अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउने उदेश्यका साथ अघि बढी रहेकी छिन्। चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको बिपरितमा देखिन लागेकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउ छिन् ।

विदेशमा बसेर पनि नेपाली चलचित्रलाइ माया गर्ने उनि नेपाली कला र संस्कृतिलाई बिश्व सामु चिनाउने प्रयासमा लागि रहेकी छिन् । उनलाइ नयाँ चलचित्रबाट अफर आइ रहेको छ। छिट्टै उनि अर्को चलचित्रमा पनि लिड रोलमा देखिने भएकी छिन् ।