दि कर्माको ट्रेलरमा एक्सन नै एक्सन


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ पुष

नेपाली चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको २ मिनट चालिस सेकेण्ड लामो ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सन नै एक्सन छ । जसमा प्रमूख कलाकार करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङको दृष्य समेटिएको छ ।

यो चलचित्र आगामी १७ माघबाट प्रदर्शनमा आउने छ । कथा सस्पेन्स राखिएको ट्रेलरमा परमिता र बुद्दीलाई नेगेटिभ भूमिकामा देखाईएको छ भने नीता र करणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ ।
चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । चलचित्रका गीतहरुमा कोशिश क्षत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।
जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा सारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

सार्वजनिक ट्रेलरले नेपाल तथा विदेशका दर्शकमा चलचित्रप्रति उत्सुकता बढाउने बिश्वास आफुले लिएको निर्माता जय राज रायले बताए । यसअघि रिलीज भएको टीजरले ओभरसिजबाट डिमाण्ड आईसकेको र ट्रेलरले त्यसलाई थप मद्दत गर्ने अर्का निर्माता श्रीदेव बि.एल.ले बताए ।