कमलालाई पहिलो चलचित्र गीतमै अन्याय


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ पुष

भाईरल गायिकाको रुपमा परिचित, प्रतिभावान बाल गायिका कमल घिमिरे चलचित्र गायनमा पनि प्रस्तुत भएक छिन् । तर निर्माण पक्षले उनको गीतलाई काटेर जम्मा २ मिनटमात्र रिलिज गरेको छ ।

दुई महिना अघि चिया छानेको गीत रेकर्ड गराएर व्यबसायिक रुपमा गायनमा आएकी कमलाको त्यसपछि अरु दुई ओटा गीत बजारमा आईसकेको छन् । उनले यतीबेला चलचित्र लभ डायरिजको लागि नयाँ दोहोरी गीत गाएकी छिन् ।

कमलाले यो चलचित्रमा नजिक सर नमानी डर….थेगोको गीत गाएक छिन् । गायिका कमलाले चलचित्रमा गीत गाउन पाउनु उनको लागि ठुलो अबसर हो । गायनमा कमलालाई पुरुष तर्फ शुरस लामाले साथ दिएका छन् । यो गीतका रचनाकार तथा सँगीतकार अर्जुन पोखरेलले गरेका हुन् । चलचित्र लभ डायरिज आगामी भ्यालेन्टाईन डेको अबसर पारेर २ फागुनमा रिलिज हुने भएको छ ।

तर दुभाग्य चलचित्रमा गाएको उनको पहिलो गीत नै चेपुवामा परेको छ । कमलाले यो चलचित्रका लागि करिब ७ मिनटको दोहोरी गीत गाएकी छिन् । जसमा उनी दोहोरी गायिकाको रुपमा प्रस्तुत भएकी छिन् ।

कमलाले यो फिल्ममा अभिनेता शुशिल श्रेष्ठ र शुशिलका साथीहरुसँग दोहोरी खेलेकी छिन् । कमला भने यो गीतमा अभिनेत्री रुविना थापाको समुहबाट मुख्य गायिका बनेकी छिन् । तर यतीबेला कमलाको गीतलाई अन्याय गरिएको छ । चलचित्र लभ डायरिजको मुख्य गीत छम छम…को पुछारमा लगेर यो गीतलाई जोडिएको छ ।

दर्शकले कमलाको गीत नजिक सर नमानी डर…सुन्नका लागि चलचित्र लभ डायरिजको छम छम…गीत करिब ४ मिनट सुन्न पर्छ । त्यसपछि सो चलचित्रका कलाकार बिष्णु सापकोटा अर्थात हर्के हल्दारले विवाह समारोहमा बाल गायिका कमला घिमिरे दोहोरी गीत गाउन आएकी छिन् भनेर परिचय गराउँछन् । त्यसपछि मात्र कमलाले गाएको गीत दुई मिनट अर्थात दुई टुक्का प्रस्तुत गरिएको छ । दोहोरी गीतमा कमलाले जितेको र शुशिलले हारेको देखाईएको छ । यो फिल्मका लागि कमलाले गाएको बाँकी ५ मिनटको गीत यहाँ राखिएको छैन ।

दर्शकले कमलाको गीत हलमा गएर पुरा हेरुन भनेर बाँकी गीत नराखिएको बताईएको छ । यो गीतका सँगीतकार अर्जुन पोखरेलले कमलाको स्वरमा ७ मिनटकै गीत रेकर्ड गरिएको बताएका छन् । छमछम गीतमा कमलाको गीतलाई जोडेर रिलिज गरिनुका कारण उनले पनि बुझेको छैनन ।

यसरी चलचित्रमा पहिलो पटक गीत गाउने अबसर पाएकी कमलाको पहिलो गाँसमै ढुँगा परेको छ । अर्थात उनको गीतलाई पुरा प्रस्तुत नगरेर अर्को गीतमा मिसाईएको छ । गीतको मुख्य अँश युट्युवमा सार्वजनिक गरिएको छैन । कतीपयले त अहिले चर्चामा रहेकी कमलालाई युज गरेर फिल्म चलाउन उनलाई थोरै गीत गाउन दिईएको आरोप लगाएका छन् । यो फिल्मका निर्देशक सौरभ चौधरील कमलाको स्वरको बाँकी गीत हलमा हेर्न पाईने बताएका छन् ।

गीत किन लुकाईयो । फिल्ममा उनको बाँकी गीत आउँछकी आउँदैन । त्यो भने लभ डायरिज फिल्म रिलिज भएपछि मात्र थाहा होला ।