अस्मिता र शंकर अल्टिमेट मोडल नेपाल


काठमाडौ । पुरुष र महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘अल्टिमेट मोडल नेपाल सिजन–२’ को उपाधि अस्मिता बुढाथोकी र शंकर चापागाईंले जितेका छन् । नेपाल टेलिकमको प्रस्तुतीमा क्रेजोना मिडिया ग्रुपले शनिबार राजधानीको राष्ट्रिय नाँचघर जमलमा आयोजना गरेको प्रतियोगितामा एलिसन गुरुङ तथा विवस बस्नेत ‘फस्ट रनर अप’ बन्दा निकिता शर्मा तथा दिपेश शाहले ‘सेकेण्ड रनर अप’मा चित्त बुझाए ।

प्रतियोगितामा विधागततर्फ अस्मिता लिम्बु र रिकित बस्नेत ‘मस्ट पपुलर’, एलिसन गुरुङ र निरोज राई ‘बेस्ट वाक’, विजय श्रेष्ठ र निकिता शर्मा ‘बेस्ट फिजिक्स’ तथा ‘बेस्ट फिगर’, नम्रता अर्याल तथा शंकर चापागाईं ‘बेस्ट पर्सनालिटी’, सुनिल श्रेष्ठ तथा पूजा ठकुरी ‘मस्ट कन्फिडेन्ट’, मुनाकला थापा तथा दिपेश शाह ‘मस्ट फोटोजिनक’, रिकित बस्नेत तथा अस्मिता लिम्बु ‘बेस्ट स्माइल’, अस्मिता बुढाथोकी तथा युन्चो लाबुङ लिम्बु ‘मस्ट ट्यालेन्ट’, अनुराग महतो तथा अञ्जु धमला ‘भ्युअर्स च्वाइस’, क्रिस्टिना श्रेष्ठ तथा अनुप शर्मा ‘मस्ट ब्यूटिफूल’ तथा ‘मस्ट हेण्डसम’ र अनुराग महतो तथा अस्मिता बुढाथोकी ‘मल्टिमिडिया च्वाइस’ बने ।

१३ पुरुष तथा ९ महिला प्रतिस्पर्धीहरुको सहभागिता रहेको प्रतियोगितामा अभिनेता गजित विष्ट, अभिनेता सञ्जय खतिवडा, अभिनेता तथा मोडल दिक्पाल कार्की, मोडल मेघना तथा ‘मिस्टर नेपाल’ गणेश अग्रवाल निर्णायक थिए । प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल सनिश शाक्यले गरेका थिए ।