बरिष्ट ब्युटिसियन सोनी कारंजितद्धारा मिनाको नयाँ व्युटिपार्लर उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ मँसिर

लामो समयदेखि कस्मेटिक व्यबसायमा सक्रिय व्युटिसियन मिना पौडेलले आफ्नै नयाँ व्युटिपार्लर सुरु गरेकी छिन् । ललितपुरको जाउलाखेल स्थित कुसुन्तीमा उनले शुक्रबारबाट आफ्नो नयाँ व्युटीपार्लर ‘ब्लेसिङ ब्युटिपार्लर’ सुरु गरेकी हुन् ।

रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर रबिभवनकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन सोनी कारंजितले रिवन काटेर ब्लेसिङ व्युटिपार्लरको उद्घाटन गरिन् ।

आफ्ना धर्मगुरुङकाट सफताको शुभकामनासहित प्राथना गराएर व्युटिसियन मिनाले सो पार्लरको उद्घाटन कार्यक्रम आयोजना गरेकी हुन् ।

सो कार्यक्रमकी प्रमुख अतिथि एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितले मिना दक्ष व्युटिसियन भएको र उनले व्युटिसियन सम्बन्धिसम्पूर्ण प्रशिक्षण पुरा गरेर आफ्नै पार्लर खोलेको भन्दै सफलताको शुभकामना व्यक्त गरिन् । आफ्ना विधार्थीहरुले यसरी व्युटिपार्लर खोलेर आत्मनिर्भर हुँदा आफुलाई निकै खुसी लागेको पनि बरिष्ट व्युटिसियन कारंजितले बताईन् । कुुसुन्ती क्षेत्रमा मिनाले राम्रो सेवा दिने विश्वास आफुले लिएको पनि उनले बताईन् ।

व्युटिसियन मिनाले आधा दशकदेखि व्युटिपार्लर व्यबसायमा सक्रिय भए पनि रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरमा एक वर्षको थप डिप्लोमा कोर्ष पुरा गरेर आफुले यो व्युटिपार्लर सुरु गरेको कार्यक्रममा बताईन् । कुसुन्ती क्षेत्रमा सुविधायुक्त व्युटिपार्लर नभएको र यस क्षेत्रका सौन्दर्यप्रेमीहरुको चाहना अनुसार आफुले सुविधासम्पन्न यो व्युटिपार्लर सञ्चालनमा ल्याएको पनि मिनाले जानकारी गराईन् । आफ्नो पार्लरमा व्युटिसम्बन्धि सबै सेवा उपलब्ध रहेको र दक्ष व्युटिसियनबाट आफुले सेवा दिने गरेको पनि मिनाले बताईन् ।