पियोर स्टाईलिस ब्युटी होमको भव्य आठौं वार्षिक उत्सब


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ मँसिर

ललितपुरको पुलचोकमा रहेको पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरले आफ्नो स्थापनाको ८ औं वार्षिक उत्सब मनाएको छ । सो ब्युटी होमको ८ औं वार्षिक उत्सबको अबसरमा पार्लकी अध्यक्ष तथा ब्युटिसियन रिना अवालेले ललितपुरमा शुक्रबार बेलुका विभिन्न कार्यक्रम आयोजना गरिन् ।

बरिष्ट ब्युटिसियन तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष सोनी कारंजित र बरिष्ट ब्युटिसियन आई टिसी ब्युटी स्कुलकी अध्यक्ष रुस्का बैद्य श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न सो आठौं वार्षिक उत्सबमा करिब १०० विधार्थीहरु दिक्षित भए । पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरबाट ब्युटी सम्बन्धि विभिन्न कोर्ष पुरा गरेका नव ब्युटिसियनहरुलाई आयोजक संस्थाकी अध्यक्ष रिना अवाले सहित विभिन्न अथितिहरुले प्रशिक्षण उतिर्णको प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा केक काटेर पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको आठौं वार्षिक उत्सब मनाईयो । सो समारोहमा गायक यमन श्रेष्ठले आफ्ना चर्चित गीत प्रस्तुत गरेर कार्यक्रमलाई सँगीतमय तुल्याए ।

अतिथिको तर्फबाट बोल्दै बरिष्ट ब्युटिसियन सोनी कारंजितले छोटो समयमै रिनाले ब्युटिसियन क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउँदै पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको अझ धेरै सफलताको कामना गरिन् ।

अर्की ब्युटिसियन रुस्का बैद्य श्रेष्ठले पनि पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको सफलताको कामना सहित अध्यक्ष रिना अबालेलाई हार्दिक बधाई ज्ञापन गरिन् ।

बरिष्ट हास्यव्यँग्य अभिनेत्री पल्पसा डँगोलले आफुलाई रिनाको सौन्दर्यकला निकै मन परेको बताउँदै पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको आठौं वार्षिक उत्सबको बधाई ज्ञापन गरिन् । आउँदा दिनमा पनि यो ब्युटी होमबाट आफुले सेवा लिने प्रतिबद्दता पल्पसाले जनाईन् ।

सो समारोहमा बरिष्ट ब्युटिसियनहरु ब्युटी सेक्रेटकी सुमी सुमित्रा रँजित,  कलँकी ब्युटी पार्लरकी अनिता खड्का रायमाझी, रश्मिलाज फेसियल हाउसकी रश्मिला श्रेष्ठ, रविना ब्युटी पार्लरकी शुलोचना श्रेष्ठ, ओम साई ब्युटी क्लिनिककी मेनुका सिवाकोटी, रचना शाक्यलगायतले रिना अवालेलाई ८ औं वार्षिक उत्सबको बधाई ज्ञापन गरे ।

वादी हर्वलका म्यानेजर मुकुन्द फुयाँल, मिस क्यारेटिन हर्वल पोखराकी लक्ष्मी पौडेल,काजल क्रियसनकी फेसन डिजाईनर काजल शर्मा, गायिका ऋतु कँडेललगायत विभिन्न व्युटिसियनहरुले पनि पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष रिना आवलेलाई पनि ८ औं वार्षिक उत्सबको बधाई ज्ञापन गरे । समारोहमा नाचगान र खानपिन गर्दै आठ औं वार्षिक उत्सब रमाईलोसँग मनाईएको थियो ।

तस्बिर : सरिता भारती