पुरुषोत्तम र दिनेशको पैसा गीत

ब्युटी न्युज नेपाल
काठमाडौं, २४ कात्तिक

पैसा सम्बन्धि गीत गाएर चर्चा कमाएका गायक दिनेश गौतमको पैसाकै लागि बाँच्छ मान्छे…गीतको भिडियो सार्वजनिक भएको छ । गीतको रचना सञ्चारकर्मी पुरुषोत्तम बस्नेतले गरेका हुन् ।
गीतकार बस्नेतको यो चौंथो एल्बम हो । यो भन्दा अघि उनले प्रजुशा, प्रभाव र रासुम एल्बम बजारमा ल्याइसकेका छन् । पैसा कसले बनायो गीतबाट चर्चामा आएका दिनेश गौतमको पैसा सम्बन्धी यो अर्को गीत हो ।

भिडियोलाई कलाकार निरु खड्काले निर्देशन गरेकी हुन् । यसमा माग्नेबुढा अर्थात् केदार घिमिरेकी श्रीमती सितादेवी घिमिरे, निरु खड्का, कृष्ण रसाईली, सुष्मा, प्रकाश र स्तुती गौतमको अभिनय छ ।
गीतले पैसाले मान्छेलाई के के गराउँछ भन्ने भाव छ । यो गीतको संयोजन दिनेश सुनामले गरेका हुन् । गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत छ । यो गीत बस्नेतको चौंथो एल्बम कयामुदामा समावेश छ ।

पैसाका लागि बुहारीले सासूलाई वृद्धाश्रम जान बाध्य पारेको र नातिनीले उनलाई घरमा ल्याएको तथा पैसाका लागि नारी अस्मितामा खेलवाड गरेको दृष्य भिडियोमा देखाइएको छ । भिडियोमा सागर गौतमको छाँयांकन र प्रविण श्रेष्ठको सम्पादन छ ।

 

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More