भिडियोमा पोई पर्यो काले…शिर्ष गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

चलचित्र ‘पोइ पर्यो काले’ को शिर्ष गीतको भिडियो दर्शकमाझ आएको छ । काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो आईतबार रिलिज गरिएको हो । यो चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्मका लेखक पनि राणा नै हुन् ।

तिहारको अबसर पारेर आगामी ८ कात्तिकबाट रिलिज हुने यो चलचित्रको प्रचार स्वरुप शिर्ष गीत रिलिज गरिएको हो । नेपाल चलचित्र विकाश कम्पनीको एउटा स्टुडियोमा सेट लगाएर यो गीतको छायाँकन गरिएको हो । गीतको भिडियोलाई महँगो सेट लगाएर उतारिएको छ । सेटको तुलनमा गीत ठिकै छ । गीतले २४ घन्टामा युट्युवमा ३ लाख ५० हजार भ्युज पाएको छ । भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो ।

यो गीतको भिडियोमा चलचित्र पोइ पर्यो कालेका मुख्य कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश खड्का, सुरक्षा पन्त र सोहित मानन्धरले अभिनय गरेका छन् । यो गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

चलचित्र पोई प¥यो कालेको यो शिर्ष गीतको भिडियोमा सौगात मल्लको जोडीको रुपमा र पूजा शर्मा प्रस्तुत भएकी छिन् । यस्तै अभिनेता आकाश श्रेष्ठको जोडीको रुपमा श्रृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ । यी दुई जोडीसँग सोहित र सुरक्षा सहायक देखिएका छन् ।

यो गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् । गीतलाई नृपेश उप्रेतीले लेखेका हुन् । गीतमा गायक रामचन्द्र काफ्ले र गायिका अञ्जु पन्तको स्वर रहेको छ । जसमा अमलादेवी राई कार्यकारी निर्माता छिन् । यो चलचित्रलाई राजिव गुरुङ (दीपक मनाँगे), किरण नेपाली, र सरोज नेपालीले निर्माण गरेका हुन् ।