आयो छ माया छपक्कैको फस्ट लुक्स्


ब्युटी न्युज नेपाल
काठमाडौं, १० भदौं

आगामी दशैंमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘छ माया छपक्कै’ को फस्टलुक (पोस्टर) मँगलबार रिलिज गरिएको छ । यो चलचित्रलाई आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको हो ।
यो चलचित्र हास्य प्रधान भएका यसको पोस्टर पनि हास्य प्रधान नै बनाईएको छ । पोस्टरमा कृषकको रुपमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीलाई प्रस्तुत गरिएको छ ।

फिल्मलाई यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । घामपनी र गोपिपछि लामाको यो तेश्रो निर्देशन हो । यो चलचित्र ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित रहेको निर्देशक लामाले जानकारी गराएका छन् । जसमा शहर र गाउँको सम्बन्ध र यसले निम्त्याका समस्यालाई कथाको बिषयबस्तु बनाईएको छ । निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यस फिल्मको अझै एक गीत खिच्न बाँकी छ ।

दीपेन्द्रको कथालाई यो चलचित्रका अभिनेता निर्माता दीपकराजले पटकथामा ढालेका हुन् । जसमा दीपकसहित केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरबीको सम्बाद छ । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।
हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो ।