ब्युटी न्युज नेपाल
काठमाडौ, ६ भदौ

सञ्चारकर्मी तथा गायक सुरज पौडेलले नयाँ गीत सान्नानी…को भिडियो दर्शकमाझ ल्याएका छन् । आफ्नो पहिलो एकल एल्बम ’मनको खुसि’ को ५औ गीतको रुपमा रहेको यो गीतको भिडियो जय सिनेमा टिभी मार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा केवल भुजेल, प्रतिक्षा खड्का, चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय गरेका छन् । भिडियोको छायाँकन रामेश्वर हुमागाईं, कोरियोग्राफी हरिष खनाल, सम्पादन साहिल खान, कलर मनिष गौतमको रहेको छ । गीतमा गायक सुरज पौडेलको स्वर रहेको छ ।

जसमा सबिना केसीको शब्द, संगीतकार बिकाश चौधरीको संगीत रहेको गीतको एरेन्ज बिनोद भुजेलको रहेको छ । सार्वजनिक गीतको भिडियोलाई संचारकर्मी कुमार आचार्यको निर्देशन गरेका हुन् ।

गायक पौडेलको पहिलो एकल एल्बममा पाँच गीत समाबेस रहेको छ । उनले सार्वजनिक भएको सान्नानी…गीतसँगै एल्बमको सबै गीतको म्युजिक भिडियो निर्माण गर्ने कमै गायकहरुमा गायक पौडेल पनि परेका छन् ।

यो गीतको भिडियोलाई निर्देशक आचार्य आफुले बिगतमा निर्देशन गरेको भिडियो भन्दा केही फरक गर्न खोजेको उनले बताए । यो भिडियोलाई दर्शकहरुले मन पाराउनेमा आफु आशाबादी रहेको उनले जानकारी गराए । सार्वजनिक म्युजिक भिडियोमा नायक केवल तिन मोडलहरुसंग निकै रोमान्टिक मोड देखिएका छन् ।

गीतको प्रकृति अनुसार निकै सुहाएको देख्न सकिन्छ । हुनत यस अघि गायक पौडेलले मोडल केवललाई आफ्नु पहिलो गीतमा नायिका शुष्मा कार्कीसंग पनि अभिनय गराई सकेका छन् ।

निर्देशक आचार्यसंग गायक पौडेलले यस अघि आफ्नो २ गीतको म्युजिक भिडियो निर्देशन गराईसकेका छन् । निर्देशक आचार्यसंग गायक पौडलले यो तेश्रो चोटी फेरी पनि निर्देशन जिम्मा दिएका हुन् ।

गायक पौडेल यस अघि गोलिले लागे झैँ…, ठुमकाले…, मन पर्यो मन पर्यो धेरै पछि…जस्ता डान्स बिटका गीतको म्युजिक भिडियो सार्वजनिक गरी सकेका छन् ।