आयो कप्सको साईप्रसमा छायाँकन भएको गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन

चलचित्र ‘कप्स’को पहिलो गीत ‘तिमी र म…’ को भिडियो बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरियो । आगामी २७ बैशाखबाट देशव्यापी सिनेमा हलमा रिलिजको घोषणा पनि सो कार्यक्रममा गरियो ।

गीतको भिडियोलाई युरोपियन मुलुक साईप्रसको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको हो । सुसन प्रजापतिले खिचेको यो गीतको भिडियोमा निकै आकर्षक बनेको छ । बिजय घिमिरे र नितु गुरुङको स्वरमा रहेको यो गीतको शब्द र संगीत बिजयकै हो ।

यो रोमान्टिक गीतमा कप्सका अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री सन्दिपा लिम्बुको रोमान्स समेटिएको छ । यो फिल्ममा अनुपबिक्रम र संदीपासँगै अमित गिरी, राजाराम क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठसहितको अभिनय छ ।

यो गीतको मुड अनुसारको लोकेशनले यसलाई अझ सान्दर्भिक तुल्याएको छ । कप्सका डेब्यु निर्देशक सम्राट सापकोटाले गीतलाई भिजुअलको रुपमा सुन्दर बनाउन नै साईप्रस पुगेर त्यहाँको सुन्दर र ऐतिहाँसिक स्थलमा छायाँकन गरिएको गीत रिलिज कार्यक्रममा बताए ।

बिपिन मल्लको सम्पादन रहेको कप्सको यो गीतको कोरियोग्राफी शिषिर खातीले गरेका हुन् । यो चलचित्रलाई सम्राट सापकोटा र राम शाक्यले सँयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई राम्रो बनाउन आफुले लगानीमा कुनै सम्झौता नगरेको निर्माता शाक्यले बताए ।