१३ वर्षपछि गायनमा एञ्जिलाको आगमन


व्युटी न्युज नेपाल
काठमाडौं १७ असार

गायिका एञ्जिला गौचन एकल गीतिसँग्रह ‘एञ्जिला’ लिएर स्रोतामाझ आएकी छन् । एञ्जिलाको यो करिब १३ वर्षपछिको सँगीतमा पुन आगमन हो ।

थकाली समुदायको एकमात्र गायिका एञ्जिला पुन ‘एञ्जिला’ एल्बम सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा ‘कम्ब्याक’ भएपछि भनिन्, ‘मलाई पहिलेजस्तै माया र हौसला दिनुहोला ।’ पारिवारिक कारण त्यो समयमा सांगीतिक क्षेत्रबाट ओझेल परेको बताउँदै एञ्जिलाले अब निरन्तर संगीतमै रहने बाचा गरेकी छन् ।

२०६१ सालमै ‘अ स्टोरी’ नामक एल्बम निकालेर गायनमा होमिएकी एञ्जिला नयाँ एल्बम ल्याएपछि भनिन्, ‘यो मेरो पुर्नगमन हो ।’ एल्बम ‘अ स्टोरी’को ‘थाहा पाएँ तिम्रो बानी’ बोलको गीत ‘हिट’ भएसँगै व्यस्त बनेकी एञ्जिला त्यसपछि एक्कासी सांगीतिक क्षेत्रबाट हराएकी थिइन् ।

एञ्जिलाको यो नयाँ गीतिसँग्रहमा ६ ओटा गीत छन् । जसमा त्यो पहिलो नजर…, आजभोली गाउँघरैमा…, जुनतारा…, के भो मलाई…, तिम्रो आँखा बर्सिएको…, न त तिम्रो दोष… र एक राष्ट्रियभावको गीत देश छैन भने…गीत रहेका छन् ।
सँग्रहको गीत रचना सन्तोष मानन्धर, राजृेश श्रेष्ठ, धु्रव थापा र अरुण तिवारी, आर्चाय प्रभा र उषा शेरचनको रहेको छ ।

एल्बममा सन्तोष मानन्धर, कल्याण सिंह, प्रतिक थापा, विक्रम थापा, निर्वाण योञ्जन र प्रमोद शेरचनको संगीत छ ।