शिल्पा र पृथ्बीराजको मायामा बियर परेपछि


व्युटी न्युज नेपाल
काठमाडौं, २६ जेठ

अभिनेता पृथ्बीराज प्रसाई र अभिनेत्री शिल्पा पोखरेलले आफुहरुको मायामा बियर परेको गुनासो गरेका छन् । चलचित्र वीराङ्गनाको राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको दोस्रो गीतमा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

तिम्रो हाम्रो मायामा बियर परेछ…बोलको यो गीतमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता पृथ्वीराज प्रसाईंलाई गुनासोपूर्ण रोमाञ्चकारी भाव गरिएको छ ।

यो गीतलाई कृष्ण काफ्ले र रेश्मा पुनको गाएका हुन् । गीतमा दिपक शर्माको संगीत र रघु परियारको शब्द छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन् ।

आगामी २९ असारबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रलाई राजबहादुर सानेले लेखन तथा निर्देशन गरेका हुन् । नारी प्रधान भनिएको यो चलचित्रमा शिल्पा र पृथ्वीसँगै अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय छ ।

चलचित्र वीराङ्गना फोर्थ आई मूभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । यसमा सुमी चामलिङ राई सह निर्माता रहेकी छन् ।

हेर्नुस भिडियाे ः