सुशान्त मिस्टर काठमाडौं २०१८


व्युटी न्युज नेपाल
काठमाडौं, १९ जेठ

आफ्ना १० प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिष्टर काठमाडौ २०१८’को उपाधि सुशान्त काजी श्रेष्ठले जितेका छन् । एक्सपोज नेपालले काठमाडौंको रशियन कल्चरल सेन्टरमा आयोजना गरेको यो प्रतियोगितामा बिजेता श्रेष्ठले उपाधिका साथमा बिभिन्न उपहार समेत हात प्राप्त गरेका छन् ।

यो प्रतियोगीतामा प्रज्वल खड्का फष्ट रनर अप भए । यस्तै सबिन थापा मगर सेकेन्ड रनर अप र राज रिजाल थर्ड रनर अप घोषित भए । प्रतियोगितामा रिजाल ‘टिन आइकन’ समेत घोषित भएका थिए ।

यस्तै अन्य उपाधितर्फ मोष्ट ह्याण्डसम नयन शाही, डिसिप्लेन योगेख खड्का र ट्यालेनट एण्ड पब्लिक च्वाईस अवार्ड तुगेन श्रेष्ठले प्राप्त गरे । त्यसैगरी बेष्ट मोडल सौरभ मान भण्डारी, बेष्ट फोटो जेनिक सेरप ग्ल्याबो लामा, फेसबुक भोटिङ आर्यन खड्गी, एसएमएस भोटिङ कृष्ण श्रेष्ठ घोषित भए ।

कार्यक्रमको कोरियोग्राफी दिक्पाल कार्की र अक्षयजंग रायमाझीले गरेका हुन् । प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक महेश केसी,पूर्व मिस्टर नेपाल सुरज चिल्लवाल, पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, कलाकार सुशिल पोखरेल, लण्डन फेशन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठ, कलाकार मुना कार्की थिए ।

युवाहरुको व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता आयोजना गरिएको एक्पोज नेपालकी सिईयो रुक्मणी थापाले बताईन् ।