सुमनको शब्द–संगीतमा ‘जोमसोम बजार’ रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ फागुन

हिमालपारिको जिल्ला मुस्ताङको चिनारी बोकेको गीत ‘जोमसोम बजार’ सार्वजनिक गरिएको छ। सुमन पण्डितको शब्द तथा संगीतमा तयार भएको यस गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सन्जु न्यौपानेको स्वर सुन्न सकिन्छ। गीतको संगीत संयोजन मदन केसीले गरेका हुन् भने मिक्सिङ कुमार रानाले गरेका छन्। ‘जोमसोम बजार’को म्युजिक भिडियोमा  मोडलद्वय स्मारिका ढकालसुरेश कोल्हीको अभिनय रहेको छ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन्। भिडियोमा मुस्ताङका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरू मुक्तिनाथ, ढुम्बाताल, कुछपतेरङ्गा गुम्बा, ठिनी, जोमसोम बजार, मार्फा र कागबेनी लगायतका स्थानहरूको आकर्षक दृश्य समेटिएको छ।

 करन चैंसिरको छायांकन र विनोद बमको सम्पादन रहेको यस गीतका प्रस्तुतकर्ता बादल थकाली हुन्। शुभकामना मिडिया सोलुसनको ब्यानरमा निर्माण भएको ‘जोमसोम बजार’ प्रस्तुतकर्ता बादल थकालीको अफिसियल युट्युब च्यानल ‘मुस्ताङ लभर’मार्फत सार्वजनिक गरिएको हो।