ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ माघ
रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत नयाँ ‘तिमीसँग’को भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ । यो गीतमा डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको छ ।
भिडियोमा सागर दाहाल र स्मारिका ढकालको मुख्य अभिनय रहेको छ । भिडियोमा गायक रामकृष्ण र गायिका सुशीलालाई पनि देख्न सकिन्छ । गीतको भिडियोलाई निकेश खडकाको निर्देशन गरेका हुन् ।
सुदीप दाहालको पोष्ट प्रोडक्सन र सुशीलाकै निर्माण रहेको सार्वजनिक गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ ।
प्रेमील यस गीतमा आफूले मन पराएको मान्छेसँग सधै साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ । शब्द रचना, स्वर, संगीत र उत्कृष्ट भिडियो छायांकन भएको यो गीत सार्वजनिक भएसँगै धेरै श्रोतारदर्शकले मन पराइरहेका छन् ।
अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । सुशीला बस्नेतका यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’, ‘तीज आयो साथी संगी’ जस्ता गीतहरू धेरै मन पराइएका छन् ।


