आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’


ब्युटी न्युन नेपाल
काठमाडौँ, १ पुस

चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’रिलिज भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीत रिलिज गरिएको हो । चलचित्र आबाट आमाको यो गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस पोखरेल,गजित बिष्टको अभिनय छ । परदेशिएको छोराको विलौला र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ ।

यो गीतलाई गायन रबी ओडले गाएका हुन् । गायिका नितु पौडेलको आत्महत्य दुरुत्साहन मुद्धामा लामो केही समय जेल बसेर हालै मात्र छुटेका बाबुल गिरी भनिने धनबहादुर गिरीले यो गीतको संगीत गरेका हुन् । आत्महत्या दुरुत्साहन समबन्धि उनको मुद्धा अझै अदालतमा चलिरहेको छ । धनबहादुर गिरी (बाबुल) बिरुद्ध गायिका नितुलाई आत्महत्या गर्न बाध्य बनाएको भन्ने मृतकको परिवारको तर्फबाट हालिएको मुद्दा बिचाराधिन छ ।

गीत रिलिज कार्यक्रममा फिल्मका निर्देशक चन्द्र पन्तले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री, थानेश्वर गौतम रहेका छन्। फिल्मका गीतको कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाको रहेको छ ।

अभिमन्यू निरवीले लेखेको यो फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। यस फिल्मको कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। फिल्मलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन्। फिल्मको ट्रेलर टिजर साहिल खानले काटेका छन्।

नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। फिल्म आगामी माघ १६ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।