फस्ट लुक्ससँगै किन लाग्छ मायाको प्रदर्शन मिति तय


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ मंसिर

नयाँ नेपाली चलचित्र ‘किन लाग्छ माया’ आगामी ६ चैतमा रिलिज गर्ने मिति तय सहित आज यसको फस्ट लुक्स (पोष्टर) सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई स्थान दिइएको छ ।

यो चलचित्रलाई फोटो पत्रकार कुवेर तामाङले निर्देशन गरेका हुन् । फिल्ममा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की , गीता अधिकारी,निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा,रामजी लमसॉल र प्रज्ञान खड्का लगायत कलाकारहरूको अभिनय छ । सन्जीत भण्डारी र मोनु खड्का यसका निर्माता हुन् । यो फिल्मले दाजुभाइबीचको मित्रता, एक–अर्काप्रतिको जिम्मेवारी, त्याग, र विवाहपछि श्रीमान–श्रीमतीबीच विकसित हुने प्रेमलाई बताउने निर्माण पक्षको कथन छ ।

बाल कलाकारमा आराध्या राज्यलक्ष्मी बी.सी., विनायक सुनुवार र सुरित पूढासैनीको फिल्ममा अभिनय छ । म्यूजिक भिडियोमा निरन्तर रुपमा काम गर्दै आएका कलाकार सेडो रियल यो फिल्मबाट डेब्यू गर्दैछन् । फिल्मको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने फिल्मको पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका छन् ।

किन लाग्छ मायाको द्धन्द्ध निर्देशकमा राजेन्द्र खड्गी, छायांकनमा रामशरण उप्रेती, संगीतमा पुस्कर सुनुवार र राजेन्द्र बजगाँई, कोरियोग्राफीमा रामजी लामिछाने, नितिन वाइबा, अभि वाग्ले छन भने फिल्मका सम्पादक टेकेन्द्र शाह हुन् ।  फिल्मको पोस्टर राकेश दाहालले तयार पारेका हुन् । फिल्मका निर्माण नियन्त्रक अर्जुन प्रसाद पोखरेल हुन् भने फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन छ ।