‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ लन्डनमा सम्पन्न, उपासना उत्कृष्ट, प्रदीप पपुलर


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० कात्तिक

बेलायतका आयोजनामा लन्डनमा आयोजित ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ भव्य रूपमा गएराति म्पन्न भएको छ । यो अवार्ड इन्टस् माइ ट्यालेन्टको प्रस्तुति र इन्फा इभेन्ट युकेले आयोजना गरेको हो । समारो्हमा नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने कलाकार, निर्देशक तथा प्राविधिकलाई अवार्ड तथा सम्मान प्रदान गरियो ।

यस वर्ष, फिल्म ‘खुस्मा’ मार्फत उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। त्यस्तै, फिल्म ‘पिताम्बर’ का नायक प्रदीप खड्का पपुलर अभिनेता घोषित भए । अवार्ड समारोहमा नेपालबाट जान भएका उल्लेखनीय कलाका तथा निर्देशक, टेक्निसियन तथा यूकेस्थित नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति रहेको थियो। इन्फा टिममा युके तर्फ उेश मोक्तान, आशिष पन्त, टंक भट्टराई, राज पाण्डे तथा नेपाल तर्फ सनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा, मनिष कार्कीको आयोजक मुलसमारोह कमिटि रहेको छ । गौरी मल्लको संयोजकत्वमा रमेश बुढाथोकी र करुण थापाको ३ सदस्यीय जुरी मण्डलले २०८१ साल आसार मसान्तपछि प्रदर्शनमा आएका फिल्महरु अवार्डमा प्रतिस्पर्धी भएका थिए ।

समारोहमा शर्मिला मल्ललाई लाई टाईम एचिभमेन्ट अवार्ड २०२५, देउराली ट्राभल्सको तर्फबाट प्रदान गरिएको थियो भने फुटबलर एन्जिला तुम्हाम्फे सु्ब्बा र कविता नेपालीलाई विशेष प्ररणा सम्मान प्रदान गरिएको थियो । अवार्ड शोलाई उत्कृष्ट बनाउन दिपकराज गिरि तथा दिपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे माग्नेबुढा तथा सितादेवी तिमिल्सिनाको कमेडी प्रस्तुतिसँगै तेरिया मगर, कविता नेपाली, समर्पण लामा, उषा उप्रेती एलिसा शर्माको डान्स तथा रिह्यान गिरिको गायन प्रस्तुति रहेको थियो । कार्यक्रमका मुख्य संयोजक मनिष कार्कीका अनुसार नेपालबाट ४० बढी फिल्मकर्मीहरु अवार्ड समारोहका लागि युके पुग्नु भएको थियो । अर्को बर्ष युकेमै इन्फा अवार्डको तेस्रा संस्करण आयोजना हुने हुने उनले जानकारी दिएका छन् ।

अवार्ड बिजेताहरुको सूची यस प्रकार छ :

उत्कृष्ट फिल्म : छक्का पन्जा ५
निर्देशकः दीपाश्री निरौला (छक्का पन्जा ५)
अभिनेताः विजय बराल (पूर्णबहादुरको सारङ्गी)
अभिनेत्रीः उपासना सिंह ठकुरी (खुस्मा)
पटकथाः दीपकराज गिरी (छक्का पञ्जा ५)
सम्पादनः साहिल खान (द आउट ल ः दफा २१९)
छायांकनः पुरुषोत्तम प्रधान (पिताम्बर)
खलपात्र : प्रमोद अग्रहरी (पिताम्बर)
सह अभिनेताः जीतु नेपाल (कर्साङ)

सह अभिनेत्रीः सृजना सुब्बा (अञ्जिला), ऋचा घिमिरे (तेल भिसा)
नव अभिनेताः विवेक कर्माचार्य (वर एण्ड वधु)
नव अभिनेत्रीः सृजना निङलेखु
द्वन्द्व निर्देशकः चुल्ठे काजी र श्री श्रेष्ठ
नृत्य निर्देशकः सुनिल श्रेष्ठ र गम्भीर विष्ट (छक्का पञ्जा ५)
गायिकाः शान्ति श्री परियार – रुकुमै कोट (खुस्मा)
गायकः आशिष अविरल – रैया चाँदीको (पूर्णबहादुरको सारङ्गी)
सङ्गीतकारः थानेश्वर गौतम – रात किन हुन्छ हजुर (अञ्जिला)

पपुलर अवार्ड
अभिनेताः प्रदीप खड्का (पिताम्बर)
अभिनेत्रीः स्वस्तिमा खड्का (बेहुली – फ्रम मेघौली)

स्पेशल मेनसन अवार्ड
फिल्मः सतिदेवी
निर्देशकः कृषा चौलागाईं

पब्लिक च्वाईस अवार्ड
अभिनेताः दिपकराज गिरी (छक्का पञ्जा ५)
अभिनेत्रीः नीता ढुंगाना (ह्रस्व दीर्घ)

जुरी अवार्ड
निर्देशकः मिलन चाम्स (अञ्जिला)
अभिनेताः महेश त्रिपाठी (लाज शरणम्)
अभिनेत्रीः दीया मास्के (कर्साङ)
वर्षको उत्कृष्ट हास्य अभिनेता : केदारप्रसाद घिमिरे
विशेष योगदान सम्मानः केकी अधिकारी
ब्लकबस्टर : मुभि अफ द इयरः पूर्णबहादुरको सारङ्गी
डायस्पोरा चलचित्र अवार्ड : तेल भिसा
पर्फमर अफ दि एयर तेरिया गमर

इनकरेजमेन्ट अवार्ड
अभिनेताः सुमन भन्डारी (द आउट ल ः दफा २१९)
अभिनेत्रीः दिव्या रायमाझी (पिताम्बर)