‘मन बिनाको धन’ को टिजर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ कात्तिक

भाइटिकाको शुभ साईतको अवसर पारेर अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’ को टिजर सार्वजनिक आज गरिएको छ । चलचिको सार्वजनिक टिजरमा रुदै गरेको अशोकलाई देखन् सकिन्छ । जसमा शिव परियार र प्रमोद खरेलको स्वर रहेको गीतको केहि अंश पनि प्रस्तुत गरिएको छ । टिजलले यो चलचित्रमा अशोकको संघर्ष र पिडा समेटिएको जनाउँछ ।

चलचित्र अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रको ट्रेलर १२ गते बुधबार सार्वजनिक गर्ने समेत जानकारी दिएको छ । कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ को यति बेला देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ । बाटोमा गीत गाउदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’चलचित्रलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संगौला , बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।