ब्युटी न्युज नेपाल
काठमाडौँ, २ कात्तिक
‘कन्हैया–अञ्जना राष्ट्रिय संगी पुरस्कार– २०८२’ यसवर्ष अग्रज गायक कमल बि.क. ‘निर्मोही’लाई प्रदान गरिने भएको छ । नेपाली संगीत क्षेत्रका चर्चित गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको यो पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । गायक नर्मोही पछिल्लो समय मिर्गौला रोगबाट समेत पिँडित छन् ।
नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका ‘निर्मोही’ कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहेका छन् । विशेषतः गायक ‘निर्मोही’ का बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, बनको फुल फुलेछ, कठै सानु, भेरी दोभान, लाग्यो माया” लगायत दर्जनौँको संख्यामा गीतहरु चर्चामा छन् । गायक निर्मोही प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।
टिका गोपाल डिजिटल एवम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय संगी पुरस्कार समितिका अध्यक्ष गीता सिंह र पुरस्कार छनौट समिति संयोजक सन्तोष श्रेष्ठ र कार्यसमितिले ‘निर्मोही’लाई पुरस्कारको लागि चयन गरेको हो ।
विशेष गरी कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार तथा सम्मानको उद्देश्य भनेको नेपाली सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका अग्रज श्रष्ठा तथा कलाकारहरुलाई जीवीत रहँदै सम्मान पत्र सहितको नगद पुरस्कारबाट पुरस्कृत गर्नु रहेको यस पुरस्कारका संरक्षक गायक तथा संगीतकार कन्हैया सिंह परियाले बताए । जुन पुरस्कार र सम्मानले सम्मान्नित हुने अग्रज श्रष्ठाको मनमा खुशी र जीवनमा थप सकारात्मक सोंच र उर्जाको बृद्धि होस् ।
कार्तिक महना भित्रै काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गायक निर्मोहीलाई पचास हजार रुपैयाँको नगद सहितको पुरस्कार र सम्मान पत्रद्धारा सम्मानित गरिने संगीतकार कन्हैयाले जानकारी गराएका छन् ।