तीन नेपाली चलचित्रको ८ दिनको व्यापार ९ करोड १० लाख मात्र


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असोज

१३ असोज फूलपातीका दिन रिलिज भएका तीन वटा नयाँ नेपाली चलचित्रको आठ दिनको बक्स अफिस रिपोर्ट चलचित्र विकास बोर्डले आज सार्वजनिक गरेको छ । यसपाली दसैँमा चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ रिलिज भएका थिए ।

गत सोमबार रिलिज भएका यीत तीन चलचित्रले हिजो आठौँ दिन मंगलबार बेलुकासम्म कुल ९ करोड १० लाख ८८ हजार १०३ रुपैयाँ ग्रस व्यापार गरेको छ । यो व्यापार गत वर्षको दसैँको तुलनामा आधा हो ।

यी तीन चलचित्र मध्य ८ दिनमा ‘बलिदान’ले ८ दिनमा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँको व्यापार गरेको छ । यस्तै चलचित्र ‘हरिबहादुरको जुत्ता’ले आठ दिनमा बक्स अफिसबाट ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँको व्यापार गरेको छ भने अर्को चलचित्र माइतीघरले ८ दिनमा नेपालको बक्स अफिसमा २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँको ग्रस व्यापार रहेको छ ।

यी तीन वटा चलचित्रमा अहिलेसम्म सबैभन्दा बढी व्यापार बलिदानले गरेको भए पनि पहिलो दिनको तुलनामा बलिदानको ब्यापार घट्दै गएको छ । हरिबहादुरको जुत्ता र माइतीघरको ब्यापार अहिले पनि पहिलो दिन भन्दा राम्रो छ । यी दुबै चलचित्रले बलिदान भन्दा पछिल्लो समय राम्रो सोजहरु पनि पाएको छ ।