ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असोज
फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’को दोस्रो सातामा प्रवेश गरेको छ । यो चलचित्रको व्यापार मोफसलमा पनि त्यत्तिकै आक्रामक देखिएको छ ।
आज रिलिजको सातौं दिनसम्म आइपुग्दा फिल्मको व्यापार मोफसलमा थुप्रै शहरमा आक्रामक देखिएको वितरण कम्पनीले जनाएको छ ।
यो फिल्मको आज पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल, सुर्खेतमा व्यापार आक्रामक देखिएको छ । चितवनदेखि पश्चिमका अधिकांश स्टेशनमा फिल्मको व्यापार र बुकिङ दुवै आक्रामक देखिएको हो ।
यस्तै, पूर्वका हलमा पनि फिल्मको व्यापार सुखद रहेको निर्माणपक्षले बताएको छ । काठमाडौंका हलमा पनि दर्शकको चाप देखिएको छ ।
पश्चिमका थुप्रै स्टेशनमा फिल्मको व्यापार आक्रामक देखिएपछि यसका कलाकार नेपालगञ्ज जाने तयारीमा लागेका छन् । नेपालगञ्जमा रहेको सिने रोयल र क्यूएफएक्स बागेश्वरीमा फिल्म हेर्ने दर्शकको चाप उच्च छ । मंगलबार र बुधबार नेपालगञ्जका दर्शकसँग कलाकारहरुले साक्षात्कार गर्ने तयारी गरेका छन् ।
रोहित अधिकारीको निर्माणमा तयार भएको फिल्ममा मिलन तामाङको निर्देशन छ । नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी, कलाकार केदार प्रसाद घिमिरे, वुद्दि तामाङ, प्रकाश सपुत लगायतका कलाकारहरु पश्चिम जाने निर्माणपक्षले बताएको छ ।