ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ असोज
नेपाल चलचित्र कलाकार संघका महासचिब एवम् नायक सविन श्रेष्ठ र नायिका अनु शाह दामपत्य सम्बन्धमा बाँधिएका छन् । यी जोडी शनिबारको साईतमा ११ असोजमा दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् । सविन र अनुले परिवारको सानो जमघटमा उनीहरुले विवाह गरेको बताईएको छ । यो विवाहको तस्बिर पनि सविनले नै शनिबार बेलुका ‘वाईफ’ भन्ने शिर्षक राखेर फेसबुकमार्फत शेयर गरेका हुन् । अनुलाई ‘वाईफ’ भन्दै उनले आफूहरु दाम्पत्य सम्बन्धमा बाँधिएको जानकारी यो तस्बिर मार्फत गराएका छन् ।
सविन र अनु बिगत ६ वर्ष देखि लिभिङ रिलेसनमा थिए । एउटा चलचित्रको छायांकनको क्रममा उनीहरु नजिक भएका थिए । ६ वर्ष अघि नै विवाहको चर्चा चलेको भए पनि उनीहरुले आफूहरुबिच विवाह नभएको तर प्रेम सम्बन्धमा रहेको प्रतिक्रिया दिएका थिए । त्यति बेलाबाटै अनु र सविन लिभिङ रिलेसनमा थिए । दुबै पक्षको परिवारको स्विकृतिमा उनीहरु लिभिङ रिलिेसनमा जोडिएका थिए ।
आफूहरुको लामो प्रेम सम्बन्धलाई सार्थक तुल्याउँदै यी जोडी अन्नत आज शनिबार वैवाहक सम्बन्धमा बाँधिएका छन् । कोरोना कालपछि यी दुबै जना चलचित्रमा सक्रिय छैनन् । म्युजिक भिडियोमा भने जोडीको रुपमा कहिले काहीँ प्रस्तुत हुँदै आएका छन् । सविन र अनुलाई सुदख दाम्पत्य जीवनको शुभकामना ।