पत्रकार जगदिस खरेल सञ्चार मन्त्रीमा सिफारिस


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज

इमेज टिभीका समाचार प्रमुख जगदिस खरेललाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ । आईतबार बसेको मन्त्री परिषदको बैठकले खरेललाई सञ्चार मन्त्रीमा सिफारिस गरेको हो । उनले सोमबार राष्टपति रामचन्द्र पौडेलबाट नियुक्ती एवम् सपथ ग्रहण लिएर कार्यभार सुरु गर्नेछने ।

दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहेका छन् ।