ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ असोज
नेपालको बर्तमान कानुनले एक भन्दा बढी श्रीमती विवाह गर्न रोक लगाएको छ । तर हरिबहादुरले एक साथ तीन वटा श्रीमती राखेका छन् । हो, आगामी फूलपती १३ असोजमा रिलिज हुने चलचित्र ’हरिबहादुरको जुत्ता’ को आज सार्वजनिक गरिएको ट्रेलरमा हरिबहादुरका तीन श्रीमती रहेको रमाईलो प्रसँग समेटिएको छ । साँच्चै यो चलचित्रको ट्रेलर साह्रै रमाईलो छ । झन चलचित्र कती रमाईलो होला ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रको ट्रेलरले नै दर्शकले हँसाउँछ । चलचित्रले झनै हँसाएर झुतुक्कै बनाउने अनुमान गर्न सकिन्छ । हाँसोसँगै यो चलचित्रमा अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको यो ट्रेलरले जनाएको छ । जसमा साईवर सेना तयार पारेर प्रकास सपुत नयाँ पुस्तसँगको राजनीतिमा जोडिएको छन भने स्वस्तिमा खड्का पनि नेता भएर प्रस्तुति छिन् । लोकप्रिय टेली सृँखला मदनबाहादुर हरिबहादरको पात्र हरिबहादुरबाट यो चलचित्रको चरित्र लिईएको हो ।
हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्। त्यो संगै युवापुस्ताले खोजेको राजनैतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाइ पनि ट्रेलरमा प्रस्तुत गरिएको छ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।