ओस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’


ब्युटी न्युज नेपाल
काठमाडौं, २असोज

एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अब हुने नयाँ संस्करणको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ’अञ्जिला’ चलचित्र सिफारिस गरिएकाृ छ । द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो ।

सन् २०२६ मा हुने ९८औं ओस्कार अवार्डको लागि नेपालबाट सहभागी हुन दुई वटा चलचित्र ’गुन्यु चोलो – द ड्रेस’ र ’अञ्जिला’ आवेदन दिएका थिए । जस मध्यबाट ’अञ्जिला’ लाई समितिले चयन गरेको हो ।

समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ’गुन्यु चोलो – द ड्रेस’ र ’अञ्जिला’ प्राप्त भएका थिए। दुवै चलचित्रको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ’अञ्जिला’ लाई छनोट गरिएको हो ।

’अञ्जिला’ अब ९८औं ओस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाको लागि नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ। मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ गत वर्षको व्यावसायिक सफल चलचित्र हो । यो चलचित्रले सफल प्रदर्शनीको १०० दिन समेत मनाएको थियो । नेपाली फुटबल टिमकी राष्ट्रिय गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा यो चलचित्र आधारित थियो । जसमा एन्जिलासँगै दयाहाङ राई, विजय बराल, सुनिल थापा, सृजना सुब्बा, माओत्से गुरुङलगायतको मुख्य भूमिका थियो ।

……………………………………………………………..

ACADEMY OF MOTION PICTURE ARTS AND SCIENCES (THE OSCARS)
INTERNATIONAL FEATURE FILM SELECTION COMMITTEE (NEPAL)

PRESS RELEASE

The International Feature Film Selection Committee (Nepal) received two Nepali narrative films,
“GUNYO CHOLO – THE DRESS” and “ANJILA”

, for consideration to compete in the 98th
Academy Awards (Oscar Awards) to be announced by the Academy of Motion Picture Arts and
Sciences in 2026.
After a thorough evaluation of both films based on technical aspects, storytelling, emotional
analysis of characters, and artistic craftsmanship, and in accordance with the Academy’s standards
for selecting a single high-quality and excellent film, the film “ANJILA” has been chosen to
represent Nepal as a contender for the said award.
This press release has been issued for the information of all concerned.
Date: Thursday, 02 Ashoj 2082

………………………………
Bimal Paudel
Chairman
International Feature Film Selection Committee (Nepal)
Contact: 9768885119
Email: internationalfeaturenepal@gmail.com