ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ भदौँ
मुलुकभर जेनजी आन्दोलनका कारण गत मंगलबार २५ भदौमा प्रदर्शन स्थगित गरिएको नेपाली चलचित्र ‘रिमै’ सोमबार ३० भदौबाट नियमित प्रदर्शन हुने भएको छ । यो चलचित्रका निर्माता बिरबल गुरुङका अनुसार ३० भदौबाट देशभरीका चलचित्र हलहरु खुल्ने भएकाले यो चलचित्रको प्रदर्शनी नियमित रुपमा गर्न लागिएको हो । चलचित्र रिमैले रिलिज भएको तीन दिनमा राम्रो व्यापार गरेको थियो । धेरै दर्शकले यो चलचित्र हेर्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।
चलचित्र रिमैमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।
वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो सिनेमा आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।