प्रधानमन्त्री पदबाट ओलीले दिए राजिनामा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ भदौ

१९ जना युवाको हत्या र ४०० जना भन्दा बढीलाई घाइते तुल्याएर राष्टका महत्वपूर्ण संरचनामा आगलागी पश्चात प्रधानमन्त्री पदबाट खड्गप्रसाद ओली (केपी शर्मा ओली)ले राजिनामा दिएका छन् । उनले राष्टपतिलाई सम्बोधन गरेर राजिनामा दिएका हुन् ।

यस अघि प्रदीप यादव, प्रदीप पौडेललगायतका मन्त्रीको राजिनामा आईसकेको थियो । यस्तै राप्रपाका पनि केन्द्रिय प्रदेशका गरेर ४२ जना सांसदले सामुहिक राजिनामा दिएका छन् । राष्टिय स्वतन्त्र पार्टी (रासपा)को सबै २० जना संसाद समेतले राजिनामा दिएपछि अन्तत प्रधानमन्त्री पदबाट ओलीको राजिनामा आएको हो ।

उनको राजिनामा पछि पनि आन्दोलन जारी छ । जेनजी पुस्ता सबै सडकमा छन् । अहिले उनीहरुले नयाँ बानेश्वरका संघीय संसद भवनमा समेत कब्जा जमाईसमेका छन् ।