ब्युटी न्युज नेपाल
काठमाडौँ, २० भदौ
नेपाली चलाचित्र ‘कुमुदे हिड्यो हिरो बन्न’ निर्माण हुने भएको छ । साहित्यकार तथा गीतकार जानकी पन्त (जुन) को डेब्यु निर्देशन रहने यस चलचित्रमा एउटा पात्र जो जिन्दगीमा हरेक कुरामा हिरो बन्न चाहन्छ उसैको कथामा चलचित्र रहने निर्माण पक्षले जानकारी दिएको छ ।
कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता बिष्णु पन्त शर्मा आचार्य तथा सह निर्माता चक्र बहादुर बराल रहेका छन्र । चलचित्रमा कार्यकारी निर्माता भने रंग पत्रकार एवम रेडियो प्रस्तोता भोला सुबेदी (आरजे प्रणव) रहेका छन् ।
नेपालको दाङ , पोखरा र काठमाडौँको स्थानमा छायांकन गरिएने यस चलचित्रको केहि दृश्य भने बेलाएतामा छायांकन हुने निर्माण पक्षले जनाएको छ । बायोपिक र सत्यकथामा आधारित रहेर चलचित्र निर्माण गर्न लागेको निर्देशक जानकी पन्त (जुन)ले जानकारी गराईन् ।
आगामी सोमबारबाट दाङको घोराहीबाट चलचित्रको मुहुर्त गरेर छायांकन सुरु गर्दै करिब २० दिनको छायांकन पश्चात बाँकी छायांकनको लागी तिहार लगत्तै बेलाएत जाने चलचित्रका निर्माता बिष्णु पन्त शर्मा आचार्यले बताए ।
चलचित्रमा कुमुदेको पात्र भने अभिनेता कुमुद पन्तले निर्वाह गर्ने बताएको छ । निर्माण टिमले चलचित्रको अरु प्रमुख कलाकार को नाम अहिलेलाई गोप्य राखेको छ । चलचित्रमा दुई नायिका हुने छन् । महिला द्वन्द निर्देशक किरण दाहालको द्धन्द, बिपिन आचार्य र ओम सुनारको संगीत र सन्देश शाहको सम्पादन रहने यस चलचित्रको प्रदर्शन मिति भने २०८३ साल तोकिएको छ ।