ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ भदौ
नेपाली चलचित्र ‘कोशेढुंगा’ को गीत काठमाडौँमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यही १२ भदौबाट चलचित्र घरमा रिलिज हुँदै छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण पक्षले मंगलबार काठमाडौँमा एक समारोह आयोजना गर्दै ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक गरेको छ । गीतको ट्रेलरलाई सेभेन सिज इन्टरनेशनलको युट्युवबाट सार्वजनिक गरिएको छ ।
यो चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतमलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
अहिले यो चलचित्रको ‘नत्र भने जिन्दगी व्यर्थ छ…’ गीत निकै चर्चामा छ । गीतले चर्चा पाईरहेको बेला चलचित्रको ट्रेलरले पनि सकरात्मक प्रतिक्रिया पाईरहेको छ ।
नेपाली चलचित्रको इतिहासकै व्यावसायिक कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले यो चलचित्र निर्देशन गरेका हुन् । यसका निर्देशक पौडेलले निर्देशक सरोजले अघिल्लो चलचित्र जस्तै यो चलचित्र पनि निमै मार्मिक कथावस्तुमा आफूले निर्माण गरेको बताएका छन् ।
मंगलबार सार्वजनिक गरिएको यो चलचित्रको साँढे ३ मिनेटको ट्रेलरले दर्शकको मन छुन्छ । झन चलचित्र कस्तो होला भनेर दर्शकको सकरात्मक प्रतिक्रिया पढ्न पाईएको छ । यो ट्रेलरले चलचित्रको कथा मार्मिक रहेको जनाउँछ । चलचित्रकी शीर्ष पात्र सुरक्षा पन्तको संघर्षको कथा ट्रेलरमा समेटिएको छ । जसमा उनको दाम्पत्य जीवनको संघर्ष निकै मार्मिक देखिन्छ ।
यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । पौडेललाई लेखनमा सुनिल निउरे र सुबलमणि सापकोटाले साथ दिएका छन् । बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष् अविरल र रिदम कँडेलको संगीत छ । यो चलचित्र नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने यसका निर्माता किशोर अनुरागले जानकारी गराए ।
नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको यो चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् । यसको कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।