सरितालाई सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ भदौ

गायिका सरिता भारतीले आज सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका अवार्ड जितेकी छिन् । शुमकामना मिडियाद्धारा आज काठमाडौको गोंगवु स्थित चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड समारोहमा सरिताले हालै बजारमा ल्याएको तीज गीत नाच्न दे….बाट सर्वोत्कृष्ट मौलिक तीज गीत अवार्ड चुमेकी हुन् । सो समारोहमा विभिन्न २१ विधामा अवार्ड आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न महिलाहरुलाई नारी सम्मान पनि प्रदान गरिएको थियो ।

तीज गीतबाट सरिताको यो दोस्रो अवार्ड हो । उनले पाँच वर्ष अघि छायांछवि तीज म्युजिक अवार्ड समारोहमा आफ्नो तीज गीत रातो सारी लरक्कैबाट सर्वोत्कृ तीज लोक गीत गायिकाको अवार्ड जितेकी थिईन् ।

सरिताले रेडियो कार्यक्रम तथा स्टेजमा गीत गाउँदै २०७२ सालबाट गायन यात्रा सुरु गरेकी थिईन् । त्यसपछि आफ्नो स्वरमा ‘मेरो जवानी…’ बोलको पहिलो गीत २०७४ सालमा आफ्नो स्वरमा रेकर्ड गरेर ७५ सालमा सो गीतको भिडियो बजारमा ल्याएकी थिईन् । त्यसपछि उनले हालसम्म दुई दर्जन भन्दा बढी गीतहरु बजारमा ल्याईसकेकी छिन् । यो एक दशकको सांगीतिक यात्रामा सरिताको लुँडो र तास, यसपालिको दसैँ, असारै मास (झरी), तिम्रो मायाले न हो, हे गाजली, जिस्केर मस्केर, बजाइदेऊन बाजा, पहिलो भेटमा,छोड सताउन, नगर दोमन जस्ता थुप्रै हिट गीतहरु बजारमा आईसकेका छन् ।

यो तीजलाई लक्षित गरेर बजारमा ल्याईएको गीत नाच्न दे…को लय संकलन र रचना पनि सरिताकै हो । यो गीतमा ओम सुनारले संगीत तथा संगीत संयोजना गरेका छन भने गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा राजेन्द्र पान्डेको सम्पादन तथा छायांकन रहेको छ ।

गीतको भिडियामा सरिता सहित बरिष्ट ब्युटिसियन  सोनी कारंजित, निशा थापा, करुणा श्रेष्ठ, अविता रिसाल, सृजना श्रेष्ठ, श्वेता काफ्ले मगरसहित विभिन्न कलाकारको नृत्य रहेको छ । यो भिडियोलाई एसबी क्रियसनले निर्माण गरेको हो भने भिडियोलाई एसबी क्रियसन नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।