ब्युटी न्युज नेपाल
काठमाडौँ, २ भदौ
आगामी दसैँको अबसरमा १३ असोजमा रिलिज हुने हास्य जनराको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत ‘बेला बितेसी…’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रकाश सपुतको शब्द संगीत रहेको छ ।
सार्वजनिक गीतमा संगीतकार प्रकाश सपुत र समिक्षा अधिकारीले स्वर दिएका छन् । जसमा श्याम स्वेत रसाईलीको मिक्सिङ्ग÷ मास्टरिङ्ग रहेको छ ।
गीतको भिडियो पनि त्यत्तिकै रमाइलो बनेको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको नृत्य छ । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा प्रकास र स्वस्तिमाको प्रेमिल बनेका छन् ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।
कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर रहेको छ ।