ब्युटी न्युज नेपाल
काठमाडौँ, १ भदौ
आष्र्टिष्ट अफ नेपाल डट कमको प्रस्तुति रहेको चौथो म्युजिक खबर तीज म्यूजिक अवार्ड–२०८२ सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । २०८२ सालमा बजारमा आएका तीजका गीतहरुलाई समावेश गरी अवार्ड आयोजना गरिएको हो ।
शुभकामना मिडिया सोलुशनको आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौंथो संस्करणको विभिन्न २१ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
अवार्डमा सर्वोत्कृष्ट मिक्सिङ, संगीत संयोजक, नवप्रतिभा, मोडल, निर्देशक, कोरियोग्राफर, छायाँकार, सम्पादक, गायक, गायिका, संयुक्त गायन लगायतका तीज दोहोरी र तीज मौलिक गीतका २१ विधाको सर्वोत्कृष्ट पाँच सार्वजनिक गरिएको अवार्डका अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् । तीज म्युजिक अवार्डको सर्वोत्कृष्ट पाँचबाट एक जनाले अवार्ड हाँसिल गर्ने छन् ।
अवार्डका कार्यक्रममा विभिन्न विधामा सक्रिय रहेका महिला दिदीबहिनीहरुलाई सम्मान समेत गरिनेछ । त्रिरत्न नारी सम्मान, कलापत्रकारिता सम्मान, कला सम्मान, व्यवसायी सम्मान, शिक्षासेवी सम्मान, स्वास्थ्यकर्मी सम्मान, सामाजिक सम्मान लगायतका विविध विधाका नारीहरुलाई समेत सम्मान प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रम आगामी भाद्र ५ गते राजधानीको बीजी बैंकटमा सम्पन्न हुनेछ । अवार्डमा ५० प्रतिशत निर्णायकको मत, ४० प्रतिशत भोटिङ र १० प्रतिशत आयोजकको मतलाई लिएर सर्वोत्कृष्ट घोषणा गरिनेछ । अवार्डमा आफूलाई मन परेको विधामा भोट गर्नका लागि यो लिंकमा क्लिक गर्न सक्नुहुनेछः
सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल विधाहरु निम्नानुसार रहेका छन्ः
१. सर्वोत्कृष्ट तीज गीत मिक्सिङ
१) सञ्जय श्रीपाल – मैदानै थर्कियो
२) समित परियार – तीजको लहर मनै हरर
३) विनोद परियार – बत्ती पिलिलि
४) एसबी मुस्कान – छैन नि चोलिया
५) पवन रानाभाट – मलाई क्या माया गर्छन्
२. सर्वोत्कृष्ट तीज गीत संगीत संयोजक
१) रमेश सेन्चुरी – ए आमा
२) नरेन्द्र वियोगी – आयो रे आयो तीज
३) सुदिप सागर – छैन नि चोलिया
४) राजु सुनाम – बत्ति पिलिलि
५) विपिन आचार्य – चाँदी काटी रैया
३.सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
१) श्रीराम पौडेल – आँखा सन्काई सन्काई
२) मीना बर्तौला – कस्की छोरी होला
३) प्रतिभा गैरे – दिन्न के रे
४) ऋतु बोहोरा – बाहुनी मन पर्छ
५) झरना पुन – मुसाले काट्यो
४. सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला
१) करिश्मा ढकाल – दिन्न केरे
२) रविना भण्डारी – पाल्पाली कान्छो झापाली कान्छी
३) ज्योति खड्का – आयो तजिको लहर
४) अस्मिता राना – रमाइलो भनेकै चोक चोकमा
५) सजिना लामिछाने – आमाले सुने लुकेर रोलिन्
५. सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष
१) लोमश शर्मा – तीज आयो
२) युविन ढुंगाना – मैदानै थर्कियो
३) विजय पुन – सारी लरक्कै
४) विजय केसी – तीजको लहर मनै हरर
५) गोविन्द विवश – नाच्छु म बुरुक बुरुक
६. सर्वोत्कृष्ट तीज गीत संयुक्त मोडल
१) अस्मिता रनपाल र दिपा रनपाल – धनमाया मनमाया
२) रितु तामाङ र लक्ष्मी गुरुङ – नाचम बरिलै
३) रितु तामाङ र सलिना नेपाली – हाम्रा पालामा
४) सञ्चिता बोलखे र निरुता लुइँटेल – बाध्यताले हो
५) स्मारिका ढकाल र अन्जली अधिकारी – गयो जोवन ढली ढली
७. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
१) शिवन पोखरेल – मैदानै थर्कियो
२) देवेन्द्र पाण्डे – घुम्न जाउँ न माया
३) शेखर घर्ती मगर – ए नि बरिलै
४) निरेन श्रेष्ठ – घन्काइदेउ मादलु
५) शिशिर बुढाथोकी – आमा र माइतीको माया
८. सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
१) गम्भिर विष्ट – कल्ले देख्यो र ?
२) जेरी भण्डारी – काली पसमकी –२
३) मुकेश पुलामी – खै तिम्ले है बुझेको
४) विक्रम चौहान – म त माइत जाने हो
५) शेर साउद – बत्ती पिलिलि
९. सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
१) दुर्गा पौडेल – तीजका गीत
२) अजय रेग्मी – खै तिम्ले बुझेको
३) रुपेश थापा – मलाई क्या माया गर्छन्
४) भूपेन्द्र थापा मगर – आयो रे आयो तीज
५) सुनिल भण्डारी – घन्काइदेउ मादलु
१०. सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
१) विनोद बम – ए आमा
२) सुरेश काफ्ले – उडायो रिवन
३) विष्णु खड्का – घन्काइदेउ मादलु
४) विवेक सुनार – यो तीजैको महिना
५) नवीन घर्ती मगर – यिनका बुढाले
११. सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृङ्गार
१) सरिता प्रजापति – आमा र माइतीको माया
२) गीत वि.क. – माइत जानलाई
३) कविन्द्र खड्का – म त माइत जाने हो
४) कबिता तोलाङ्गी – घन्काइदेउ मादलु
५) सुबास तिमिल्सना – यो तीजैको महिना
१२. सर्वोत्कृष्ट गीत संयुक्त गायन
१) शीला विष्ट÷राधिका भण्डारी – ए नि बरिलै
२) तारादेवी सुनुवार÷कल्पना सुनुवार – रातो साडी
३) एलिना चौहान÷सुजाता केसी – सासुको तीज
४) विन्दु पौडेल÷एलिना चौहान – यिनका बुढा
५) नम्रता तामाङ÷बबी लिम्बू÷निलम रोका कार्की – कल्ल देख्यो र ?
१३. सर्वोत्कृष्ट तीज दोहोरी शब्द
१) शेर साउद – बत्ती पिलिलि
२) मदन ढकाल – माइतीको दैलो
३) सिताराम परियार – पियारी
४) विष्णु न्यौपाने – सम्पत्ति कमाउन
५) विक्रम बाबु विश्वकर्मा – यही हो मेरो थुतुनो
१४.सर्वोत्कृष्ट तीज दोहोरी संगीत
१) प्रकाश कटुवाल – म त माइत जाने हो
२) नेत्र भण्डारी – आँखा सन्काइ सन्काइ
३) सचिन भट्टराई – कस्की छोरी होला
४) राम कुमार नेपाली – साइली छोरी
५) बसन्त लम्साल – बाहुनी मन पर्छ
१५. सर्वोत्कृष्ट गायक तीज दोहोरी
१) प्रकाश कटुवाल – म त माइत जाने हो
२) सचिन भट्टराई – कस्की छोरी होला
३) राम कुमार नेपाली – साइली छोरी
४) आशिष सुनार – नाच्छु म बुरुक बुरुक
५) दिपकराज विश्वकर्मा – तीजको लहर आयो गाउँ शहर
१६. सर्वोत्कृष्ट गायिका तीज दोहोरी
१) सिर्जु अधिकारी – म त माइत जाने हो
२) सन्जु न्यौपाने – नीलो आकाशमा
३) समिक्षा अधिकारी – कस्की छोरी होला
४) मनमाया वाइबा – जे पनि सहने मै होला
५) मधु रसाइली – नाच्छु म बुरुक बुरुक
१७. सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द
१) दिपक घिमिरे – आमा र माइतीको माया
२) प्रेम सापकोटा सोनु – काली पसमकी – २
३) भरत परियार – तीजको लहर मनै हरर
४) तुलसा रिजाल – आफ्नै कथा
५) राधिका पन्त भण्डारी – काला पोखरा
१८. सर्वोत्कृष्ट मौलिक तीज संगीत
१) कृष्ण लामिछाने – आमा र माइतीको माया
२) दिपक शर्मा – कल्ले देख्यो र ?
३) विपिन घिमिरे – ए नि बरिलै
४) रेशम चौधरी – छैन नि चोलिया
५) विष्णु भण्डारी – काला पोखरा
१९. सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका
१) अन्जु गौतम – आयो तीजको लहर
२) पुजन काफ्ले – छड्के तिलहरी
३) रचना रिमाल – आयो रे आयो तीज
४) सुनितामी परियार – तीजको लहर मनै हरर
५) सरिता भारती – नाच्छ भने नाच्न दे
२०. सर्वोत्कृष्ट तीज गीत डायस्पोरा
१) कुमारी रेग्मी – आयो रे आयो तीज
२) विन्दु पौडेल – यिनका बुढाले
३) दिपेन्द्र खड्का – आँखा सन्काई सन्काई
४) विनोद शाही – परदेशीको तीज
५) अमृता लुंगेली – आँखा मा¥यो
२१. सर्वोत्कृष्ट तीज गीत
१) काली पसकी २ – शान्तिश्री परियार
२) तीजका गीत – लक्ष्मी मल्ल
३) घन्काइदेउ मादलु – लक्ष्मी पुरी प्रधान
४) छैन नि चोलिया – मन्जु पौडेल
५) छोरीको शीर आमा – एलिना चौहान