रिलिज भयो सिटामोल, दर्शकको मन जित्दै


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ साउन

आज शुक्रवारबाटै मुलुकका सात दर्जन भन्दा बढी चलचित्र घरमा नेपाली चलचित्र ‘सिटामोल’ रिलिज भएको छ । जनयुद्धपछि एउटा घाइते सिपाहीले त्यसपछिको जीवनमा भोगेका गरिवी र विभिन्न समस्यालाई यो चलचित्रमा कथानक रुपमा प्रस्तुत गरिएको छ । माओवादी जनयुद्धका जनसेनाहरुको अहिलेको अवस्थालाई पनि यो चलचित्रले प्रस्तुत गरेको छ ।

चलचित्र सिटामोललाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । यो चलचित्र पनि मुलुकका सात दर्जन भन्दा बढी चलचित्र घरमा १५० भन्दा बढी सो सहित रिलिज भएको निर्देशक सानेले ब्युटी न्युज नेपाललाई गराएका छन् ।
चलचित्रले शुक्रबार दिउँसोसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । धेरै जसो चलचित्र घरमा शुक्रबास ५० प्रतिशत भन्दा माथि यो चलचित्रका अक्युपेन्सी रहेको छ । शनिबार जनै पूर्णिमा र विदा रहेका कारण यसले राम्रो व्यापार गर्ने आशा निर्माण पक्षको छ ।

यो चलचित्रको शुक्रबार दिउँसो वान सिनेमा नयाँ वानेश्वरमा विशेष प्रदर्शनी गरिएको थियो । यो चलचित्र हेर्न पुगेको चलचित्रकर्मी तथा सञ्चारकर्मीले सिटामोलको कथाले आफूहरुको मन छोएको बताए । दर्शकले पनि चलचित्र हेरेपछि सुखद प्रतिक्रिया दिए ।

यो चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको यस चलचित्रको निर्माता भूगोल कुमार कार्की र विकाश राज जोशी हुन् । जसमा कार्यकारी निर्माताका रूपमा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी र सह निर्मातामा गंगाराम श्रेष्ठ छन् । चलचित्र ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आराध्य राज्यलक्ष्मी डिसीको अभिनय छ ।

यो चलचित्रलाई दिव्य सुवेदीले खिचेका हुन् । ‘सिटामोल’मा कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई एवम् रंग संयोजन, मुकेश शाहको ध्वनी डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।